Space for Ads 1200px * 150px

भारतमा फेरि लडाकू जेट विमान दुर्घटना, आफैं खस्यो कि खसालियो ?

नयाँ दिल्ली (रासस/सिन्ह्वा) – भारतमा मिग-२१ नामक लडाकू जेट विमान दुर्घटनाग्रस्त भएको छ । भारतीय वायु सेनाको सो विमान नियमित उडानका क्रममा राजस्थानमा शुक्रबार दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतको राजस्थान राज्यमा पर्ने विकानेर जिल्लामा विमान दुर्घटना भएको रक्षा मन्त्रालयले जनाएको छ । विमान दुर्घटना भएपनि चालक भने सफलतापूर्वक अवतरण गरेका छन् । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको अधिकारीहरुले बताएका छन् ।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology