जसले जे भनेपनि म भित्र धेरै इनर्जी छ : ज्योति मगर (भिडियो सहित)

काठमाडौं । गायिका ज्योति मगरले आफू भित्र धेरै किसिमको इनर्जी भएको बताएकी छन्।

एक अन्तर्वार्तामा बोल्दै गायिका मगरले भनिन्,‘सबैले मलाई छाडा भन्ने गर्छन् तर म सामान्य परिवारबाट आएकी हुनाले गुम्सिएको समाजलाई केही रुपान्तरण गर्नुपर्छ भन्ने हो। म जे पनि गर्न सक्छु त्यो क्षमता मैले विकास गरेकी छु।

गायिका मगरले भनिन्, ‘म भित्रको कलाले नै मलाई चिनाएको हो। समाजमा धेरैका नजर आ–आफ्नै किसिमका हुन्छन्, मेरो छोटो लुगा भन्दा मेरो कलाकारितालाई प्राथमिकता दिनेहरु अति बढी छन्।’

गायिका ज्योति मगर नेपाली सांगीतिक क्षेत्रमा आफ्नो हाउभाउको कारण बढी चर्चित छिन्। ज्योती मगरको पहिरन र हाउभाउले बढी चर्चा पाउँछ।सामाजिक संजालदेखि स्टेज कार्यक्रममा उनको उत्ताउलोपनाले चर्चा पाउँछ। ज्योती गीत गाउँदा पनि दोहोरो अर्थ लाग्ने शब्द बढी प्रयोग गर्छिन्।

खुलेका पहिरन त उनको विशेषता नै हो। ज्योतीले फ्यानको ध्यान आकर्षित गर्न खोजेको देखिन्छ।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology