काठमाडौको बसुन्धारामा गाडीमा विष्फोट, १ जना घाइते

काठमाडौं । काठमाडौको बसुन्धारास्थित गाडीमा विस्फोट भएको छ। प्रहरीले गाडीमा रहेको सिलेण्डर विस्फोट भएको जानकारी दिएको छ ।

वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङको गाडीमा विष्फोट भएको बताइए पनि प्रहरीले यसबारे विवरण आउँन बाँकी रहेको जनाएको छ। विस्फोटबाट १ जना घाइते भएका छन् ।

साँझ करिव ७ बजेर ४५ तीर बम विस्फोट भएको प्रहरीले भनाई। बमको ठूलो आवाज आएको स्थानीयले बताएका छन् ।

विस्फोटबाट के कति क्षति भयो भन्ने बारे जानकारी आइसकेको छैन।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology