सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

सिके राउतसँगको सम्झौताले नेकपा र काँग्रेसमा तरंग, के छ ११ बुँदे सम्झौतामा?

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन २४, २०७५



  • काठमाडौं । स्वतन्त्र मधेसको अभियान चलाइरहेका चन्द्र कान्त राउत (सिके राउत) राज्य विप्लवको मुद्दामा अदतालबाट तारेखमा रिहा भएको भोलिपल्ट शुक्रबार सरकारसँग ११ बुँदे सम्झौता गर्दै मूलधारको राजीतिमा आएको घोषणा भएपछि उज्यालिएको नेपाली राजनीतिक आकाशमा सम्झौताका ११ बुँदा सार्वजनिक भएसँगै फेरि कालो बादल लाग्ने संकेत देखिएको छ ।

    सरकार र राउतबीच भएको ११ बुँदे सम्झौतामा प्रयोग भएको भाषा र व्यवस्थाप्रति प्रतिपक्षी दललेमात्र होइन स्वयम प्रधानमन्त्री केपी ओलीकै दल नेकपाका एकजना वरिष्ठ नेताले आपत्ति जनाएका छन् ।

    सम्झौताको बुँदा नम्बर दुई निकै गम्भीर रहेको भन्दै काँग्रेसले त्यसको स्पष्टिकरण मागेको छ ।

    बुँदा नम्बर दुईमा उल्लेख गरिएको छ, ‘हामी आफना राजनीतिक, सामाजिक, आर्थिक लगायतका उद्देश्यहरु प्राप्तिका निम्ति शान्तिपूर्ण एवं लोकतान्त्रिक बाटोबाट अघि बढ्नु पर्छ भन्ने मान्यतामा दढ छौं । नेपालको संविधानमा प्रयुक्त जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराई–मधेस लगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिवाट समाधान गर्न सहमत भएका छौं ।’

    यो बुँदामा भएको व्यवस्थालाई सम्झौता पत्रमा हस्ताक्षर गरेपछि राउतले सरकारले जनतम संग्रह स्वीकारेको भन्दै व्याख्या गरे । उनको व्याख्याले काँग्रेस र नेकपाका नेताहरुलाई झस्काएको हो ।

    नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार ट्वीट गर्दै भनेका छन्, ञजनमत संग्रहझ होइन भने सरकारले ञहोइनझ भन्नुपर्योर,हो भने प्रस्ट ढंगले प्रस्ट्याउनु पर्योम देशको कुनै भूगोलमा जनमत संग्रह के मुद्दामा,कस्तो छनौटमा,कसरी,कहिले र किन ? सरकार-सिके सम्झौतामा उल्लेखित   अभिमतमा आधारित लोकतान्त्रिक विधिको ब्याख्याको विवाद हल सरकारले तत्काल गरोस् !’

    हुन पनि राउतले यो व्यवस्थालाई जनतमसंग्रहकै सहमति भनेपछि त्यसले सरकार राउतको अभियानसँग झुकेको देखिएको कतिपय राजनीतिक विश्लेषकहरुले बताएका छन् ।

    काँग्रेस प्रवक्ता शर्माले सम्झौताबारे भनेका छन्, ‘नियतमा शंका नगरौं तर सरकार-सिके सम्झौता नियत अनुरुपको ब्याख्यामा दुर्घटित नहोस् ! दोस्रो बुंदा भन्छ ‘अभिमतमा आधारित लोकतान्त्रिक विधिझ, चौथो बुंदा बोल्छ ‘स्वायत्तता र स्वशासनको अधिकार आत्मसात गर्नझ !’

    नेकपाका नेता भीम रावलले त  यो सम्झौताको सबै भाषामै विरोध जनाएका छन् । उनले दुई मुलुकबीच हुने सम्झौताको जस्तो भाषा प्रयोग किन गरियो भन्ने गम्भीर प्रश्न उठाएका छन् ।

    आफ्नै पार्टीमा सम्झौताबारे प्रश्न उठेपछि नेकपा महासचिब विष्णु पौडेलले विखण्डनकारीलाई सम्झौतामा ल्याउनु नै ठूलो उपलब्धि भएको भन्दै सम्झौताको बचाउ गरेका छन् । उनले राउत र सरकारबीच भएको सम्झौतालाई ऐतिहासिक उपलब्धिसमेत भनेका छन् ।

    सिके राउतसँगको सम्झौताको यी त प्रारम्भिक प्रतिक्रियामात्र हुन् । भोलीका दिनमा यी ११ बुँदे सम्झौताले देशलाई कस्तो असर पार्छ त्यो भने हेर्न बाँकी नै छ ।

    यस्तो छ ११ बुँदे सम्झौताः

    २०७१ फागुन २४ गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यको विशेष उपस्थितिमा राष्ट्रिय सभागृह, काठमाण्डौमा आयोजित विशेष समारोहमा नेपाल सरकार र स्वतन्त्र मधेस गठवन्धनका वीचमा देहाय बमोजिमका सहमति भएको छ ।

    १. संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक स्वततन्त्र नेपाल एक स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न, अविभाज्य राष्ट हो । नेपाल राष्ट्रको स्वतन्त्रता, स्वाधिनता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्न प्रत्येक नेपालीको कर्तव्य हो ।

    २ हामी आफना राजनीतिक, सामाजिक, आर्थिक लगायतका उद्देश्यहरु प्राप्तिका निम्ति शान्तिपूर्ण एवं लोकतान्त्रिक बाटोबाट अघि बढ्नु पर्छ भन्ने मान्यतामा दढ छौं । नेपालको संविधानमा प्रयुक्त जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराई–मधेस लगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिवाट समाधान गर्न सहमत भएका छौं ।

    ३. लोकतन्त्रमा मतभेदहरु हुन सक्छन् तर तीनिनहरुप्रति राज्य, राजनीतिक दल र आम नागरिक सहिष्णु हुनुपर्छ र त्यस्ता मतभेदहरुको समाधान पनि लोकतान्त्रिक विधिबाटै गरिनु पर्दछ भन्ने मान्यतामा दृढ छौं ।

    ४ सामाजिक न्याय, समानता र सद्भाव हाम्रो साझा उद्देश्य हो । हामी तराई–मधेस लगायत समग्र राष्ट्रका जनतालाई राजनीतिक, आर्थिक तथा सामाजिक दृष्टिले अधिकार सम्पन्न तुल्याउन र तराई(मधेस लगायत समग्र देशको विकासलाई द्रुत गतिमा अघि बढाउन प्रतिवद्ध छौं ।

    त्यसैगरी संविधान प्रदत्त नेपाली जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात गर्न र तराई–मधेस लगायत समग्र देशमा सुशासन कायम गर्दै समानता र समाजवाद तर्फ अग्रसर हुन प्रतिवद्ध छौं ।

    ५ स्वतन्त्र मधेस गठवन्धनका नेता तथा कार्यकर्ताहरु माथि लगाइएको राज्य विरुद्धको अपराध लगायत सम्पर्ण राजनीतिक मुद्दाहरु फिता लिईनेछ र हिरासत वा कारागारमा रहेका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई निर्शत रिहा गरिने छ ।

    ६ स्वतन्त्र मधेस गठवन्धन तथा यसका नेता–कार्यकर्ताद्वारा यस अघि तयार पारिएका र पहिले प्रचारमा गएका किताव, पर्चा(पम्पलेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाइन सामाग्री आदिलाई भविष्यमा कारवाहीको विषय बनाईने छैन । आगामी दिनमा संविधानको व्यवस्था र यस सहमति प्रतिकूलका प्रचार सामाग्रीहरु उत्पादन तथा वितरण गरिने छैन ।

    ७ स्वतन्त्र मधेस गठवन्धनका नेता–कार्यकर्ता तथा समर्थकहरुलाई नेपालको संविधान प्रदत्त अधिकारको प्रयोग गर्दै नेपाल भित्र बसोबास गर्न, जीविकोपार्जन गर्न, संघसंस्था वा पार्टी खान वा संगठित भएर मूलधारको राजनीति गर्न कुनै किसिमको अवरोध खडा गरिने छैन र न्यता । या,लाप गरे वापत राज्यद्वारा कने प्रकारका कारबाही गरिने छैन ।

    ८. २०७५ भदौ १५ गते नेपाल प्रहरीको हिरासतमा मत्य भएका स्वतन्त्र मधेस गठवन्धनका बाँके जिल्ला संयोजक राममनोहर यादवको परिवारलाई राज्यको तर्फबाट उचित क्षतिपूर्तीका साथै परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गरिनेछ ।

    ९ स्वतन्त्र मधेस गठवन्धनको आयोजनामा सञ्चालित आन्दोलनका क्रममा घाईते भएकाहरुको उपचारको जिम्मा सरकारले लिनेछ ।

    १० स्वतन्त्र मधेश गठवन्धनका नेता तथा कार्यकर्ताहरुमा रहेको ज्ञान, सीप र सामर्थ्यलाई तराईमधेस लगायत समग्र देशका जनता र राष्ट्रको शान्तिपूर्ण एवं लोकतान्त्रिक विकास र खुशहालीको लागि नयाँ उचाईका साथ सदुपयोग गर्ने र सरकारको तर्फबाट स्वतन्त्र मधेस गठवन्धनप्रति लोकतान्त्रिक राजनीतिक शक्तिको रुपमा व्यवहार गर्न सहमत भएका छौं ।

    ११. यो सहमति आजैका मितिवाट लागु हुनेछ ।

    स्वतन्त्र मधेस गठवन्धनको प्रतिनिधि

    चन्द्रकान्त (सि. के) राउत संयोजक २०७५ फागुन २४

    नेपाल सरकारको प्रतिनिधि

    डि सि नेपालबाट साभार

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology