जनमतसँग्रह लगायत दुई बुँदामा काँग्रेस प्रवक्ताले मागे सरकारसँग जवाफ

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार र अलग मधेस गठबन्धनका संयोजक सिके राउत बीच भएको सहमतिमा प्रयोग भएका केही शब्दलाई प्रष्ट पार्न माग गरेका छन्।

शुक्रबार सरकार र राउतबीच ११ बुँदे सहमति सार्वजनिक भएको थियौ । काँग्रेस प्रवक्ता शर्माले ट्वीटरमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुर्त रुपमा परिभाषित गर्न आग्रह गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा गरिएको सम्झौतामा पत्रमा गृहमन्त्री राबहादुर थापा र गठबन्धनका संयोजक राउतले हस्ताक्षर गरेका छन्। शर्माले ट्विटमा यस्तो लेखेका छन् ।

नियतमा शंका नगरौं तर सरकार-सिके सम्झौता नियत अनुरुपको ब्याख्यामा दुर्घटित नहोस् !

दोस्रो बुंदा भन्छ‘ ञजन अभिमतमा आधारित लोकतान्त्रिक विधिझ, चौथो बुंदा बोल्छ‘ स्वायत्तता र स्वशासनको अधिकार आत्मसात गर्नझ!

जनमत संग्रह होइन भने सरकारले ञहोइनझ भन्नुपर्‍यो,हो भने प्रस्ट ढंगले प्रस्ट्याउनु पर्‍यो देशको कुनै भूगोलमा जनमत संग्रह के मुद्दामा,कस्तो छनौटमा,कसरी,कहिले र किन ?

सरकार-सिके सम्झौतामा उल्लेखित
जन अभिमतमा आधारित लोकतान्त्रिक विधिको ब्याख्याको विवाद हल सरकारले तत्काल गरोस् !

डि सि नेपालबाट साभार
Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology