कुलमान घिसिङलाई अमेरिकाको वाशिंगटन डिसीमा स्वागत

वाशिंगटन डिसी । नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अमेरिकाको राजधानी वाशिंगटन डिसीमा नेपाली समुदायले स्वागत गरेका छन्।

तामाङ सोशाईटी अफ् ग्रेटर वाशिंगटनको आयोजनामा भएको स्वागत समारोहमा आयोजक संस्थाका अध्यक्ष उत्तर लामा र संस्थापक अध्यक्ष डाक्टर श्याम लामाले खादा ओढाई  मायाको चिनो प्रदान गरेर  घिसिङलाई अमेरिकामा स्वागत गरिएको हो।

स्वागत समारोहलाई सम्बोधन गर्दै घिसिङले भने ‘ म आफु बिद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएर काम शुरु गर्दा प्राधिकरणमा समस्या नै समस्या थिए। मान्छे ईमान्दार भएर स्वच्छ मनले काम गर्यो भने ५० ५ पचास प्रतिसत समस्या सुल्झने रहेछ। राजनैतिक दलका पांचथरी कर्मचारी संगठनहरु थिए र मेरो नियुक्तीको बिरोधमा अदालतमा चार वोटा मुद्धा थियो। अनियमित काम गरेर अस्तव्यस्त भएको प्राधिकरणका कर्मचारीहरु बजारमा हिंड्दा बिद्युत प्राधिकरणको कर्मचारी भनेर जनताले मन पराउँदैनथे तर अहिले आएर बिद्युत प्राधिकरणको कर्मचारी देखेपछी जनताले ईज्जत गर्छन् ।’

दैनिक १८ घण्टा अन्धकारमा बस्नुपरेको नेपाली जनताको समस्या कसरी  समाधान भयो त ?  भन्ने बारे कार्यकारी निर्देशक घिसिङले
भने ‘अनियमित काम गर्ने गरेको कारणले प्राधिकरणको ब्यबस्थापन बिग्रेको थियो। म आफुले एमबिए पनि गरेकोले, कुशल ब्यबस्थापनको लागि जरुरत पर्ने टिम वोर्क , राईट म्यान ईन राईट प्लेस एण्ड राईट टाईम , अनेस्टी , गुड एट्टीच्युट , पावर सेएरिङ्ग , पर्सोनेल म्यानेजमेन्ट , मोडर्न डिस्ट्रीब्युसन सिस्टम जस्ताब्यबस्थापनका सिद्धान्तहरु आफुले प्राधिकरणमा लागु गरेर परिबर्तन आएको हो।’

कुनै कमर्श कलेजमा एमबिएको क्लासमा प्रोफेसरले पढाएको जस्तै जस्तै मन्तब्य राखेका एमबिए घिसिङ्गले बिश्वोबिद्यालयहरुमा पढ़ाईने बिजनेस एडमिनिस्ट्रेसनकै सिद्धान्तहरु  प्रयोग गरेर नै बिद्युत प्राधिकरणमा परिवर्तन ल्याउन सफल भएर बत्ती बलेको जानाकारी गराए।

तामाङ समुदायको मात्रै नभएर सबै नेपाली दाजुभाई दिदि बहिनीहरुको तर्फबाट कुलमान घिसिङ्गलाई अमेरिकामा स्वागत गर्नको लागि कार्यक्रम आयोजना गरिएको जानाकारी गराउँदै  तामाङ सोशाईटी अफ् ग्रेटर वाशिंगटनका अध्यक्ष उत्तर लामाले कार्यक्रम संचालन गरेका थिए।

भिडियो:

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology