कप्तान सर्जियो रामोसको रियाल मड्रिड छाड्ने घोषणा

काठमाडौं। रियल मड्रिडका कप्तान सर्जियो रामोसले क्लबबाट बाहिरिने घोषणा गरेका छन् । गत मंगलबार राति आयाक्ससँग दोस्रो लेगमा ४–१ ले पराजित भएपछि समग्र लेगमा ५–३ ले पराजित हुँदै रियल मड्रिड च्याम्पियन्स लिगको प्रि–क्वाटर फाइनल राउन्डबाटै बाहिरियो । घरेलु मैदानमा भएको दोस्रो लेगमा सर्जियो रामोस उपस्थित थिएनन् । खेलपछि ड्रेसिङ रुममा रामोस र क्लब प्रमुख फ्लोरेन्टिनो पेरेजबीच विवाद भएको बताइएको छ ।

सोही क्रममा रामोसले आफूले क्लब छाड्ने चुनौती दिएको बताइएको छ । खबरहरुका अनुसार पेरेजले खेलपछि आफ्ना खेलाडीहरुलाई गाली गरेका थिए । पेरेजले टोलीलाई धैर्यता नभएको, लामो समय भएपनि अभ्यासमा कमजोरी गरेको र टोलीलाई लाज लाग्नुपर्ने बताएका थिए । खेलाडी तथा प्रशिक्षकहरुकै बीचमा रामोसले पेरेजलाई ‘तिमी पैसा देऊ म क्लब छाड्छु’ भनेको बताइएको छ ।

उनले भने, ‘मैले क्लबका लागि सबै दिएको छु । त्याग गरेको छु । क्लबको लागि र तिम्रो लागि मेरो अनुहारमा समेत चोट लागेको छ ।’ यस सिजन रियल मड्रिड निकै खराब परिस्थितीमा गुज्रिरहेको छ । च्याम्पियन्स लिग र कोपा डेल रेबाट बाहिरिसकेको मड्रिडको आशा ला लिगा हो । त्यसमा समेत मड्रिड कमजोर छ । यस सिजन रियल मड्रिड एल–क्लासिकोमा चार पटक प्रतिस्पर्धामा उत्रिएको थियो । तीमध्ये ३ खेलमा मड्रिड बार्सासँग पराजित भयो । एक खेलमा बराबरी खेल्यो । गत सिजन क्रिस्टियानो रोनाल्डोले क्लब प्रमुख पेरेजकै कारण मड्रिड छाडेका थिए ।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology