जब आफ्नै भाइद्वारा ‘अपहरण’मा परिन् सांसद मल्ल

काठमाडौं । सांसद देवकी मल्ल आफ्नै सहोदर भाइ भरत मल्लको अपहरणमा परेकी छन्।

नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता भरत मल्लको नियन्त्रणमा परेकी हुन्।

शुक्रबार नारी दिवसको कार्यक्रम सम्बोधन गर्न जाँदै गर्दा बझाङको बुगल नगरपालिका बिजगडावाट मोटरसाइकलमा आएका २ जनाले उनलाई सोधपुछका लागि लिइएको अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य लोकेन्द्र बहादुर सिंहले जानकारी दिए।

डिसी नेपालसंग कुरा गर्दै उनले भने, ‘त्यसलाई अपहरण भन्नै मिल्दैन। सांसद मल्लको आफ्नै सहोदर भाइले उनलाई केही सोधपुछका लागि समातेको र अरुलाई तर्साउनका लागि अपहरण गरेको भनिएको हो।’

सिंहले भने, ‘चुनाबको बेलामा सांसद मल्ललाई जिताउन भरपुर सहयोग गरेका थिए। त्यो त विल्लबको त्रास फैलाउनका लागि प्रचार गरेको हो। सांसद मल्लका बुवा पनि नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका नेता हुन्।’

सांसद मल्ललाई थोरै समय नियन्त्रणमा लिइ छोडिसकेको सिंहले बताए। सुदूरपश्चिम प्रदेशकी सांसद देवकी प्रदेश सभा निर्वाचनमा बझाङ (ख) बाट माओवादी उम्मेदवारको रुपमा विजयी भएकी थिइन्।

डि सि नेपालबाट साभार
Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology