Space for Ads 1200px * 150px

द कपिल शर्मा शोमा पूर्व मिस नेपाल निकिता चण्डक (भिडियो रिपोर्ट)

काठमाडौँ। चर्चित भारतीय कमेडियन कपिल शर्माको कार्यक्रम ‘द कपिल शर्मा’ शोलाई बलिउड सेलिब्रेटीहरूले आफ्नो फिल्मको प्रचार गर्ने थलो बनाएका छन्। बलिउड कलाकार तँछाडमँछाड गर्दै पुग्ने कपिलको शोमा एक नेपाली सेलिब्रेटी पुग्ने भएकी छिन्। ती भाग्यमानी नेपाली सेलिब्रेटी हुन् पूर्व मिस नेपाल निकिता चण्डक ।

हालै अभिनेता बिराज भट्टले निर्माण र निर्देशन गर्न लागेको चलचित्र ‘साङ्ग्लो’ साइन गरेकी निकिताले कपिल शर्मा शोका चर्चित कमेडियन किकु शारदाले आफूलाई शोमा निमन्त्रणा गरेको जानकारी दिएकी छिन्। उनले आफ्नो सामाजिक सञ्जालमा किकु शारदासँगको एक तस्बिर शेयर गर्दै भनेकी छिन् – ‘मलाई कपिल शर्मा शोमा बोलाएकोमा किकु शारदा सरलाई धन्यवाद’। पूरा जानकारीको लागि भिडियो हेर्नुस्।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology