Space for Ads 1200px * 150px

‘मुन्द्रेको कमेडी क्लब’मा ‘सालको पात टपरी’का गायक कुलेन्द्र विश्वकर्मा (भिडियो)

काठमाडौँ। नेपाल टेलिभिजनमा जितु नेपालले सञ्चालन गर्ने मुन्द्रेको कमेडी क्लब हरेको सोमबार राति ९ बजे प्रसारण भइरहेको छ।

दीपाश्री निरौला सभापति रहेको कार्यक्रममा नेपालका चर्चित हास्य कलाकारहरूको पनि सहभागिता रहेको छ । कार्यक्रममा जितु र दीपासँगै राजाराम पौडेल (घरबेटी), राजेन्द्र नेपाली (लट्टे), उमेश राई (फुलन्देकी आमा) लगायतका हास्य कलाकारहरूको अभिनय देख्न सकिने छ ।

अबको सोमबार मुन्द्रेको कमेडी क्लबको १९ औँ एपिसोड प्रसारण हुने छ भने गएको सोमबार प्रसारण भएको छ १८ औँ एपिसोडमा सांसद एवम् लोक गायिका कोमल ओली साथै हास्यव्यंग्य कलाकार साथै हास्यव्यंग्य कविर्शेलेन्द्र सिमखंडा गेष्टका रुपमा आएका थिए । भने अबको नयाँ एपिसोडमा चर्चित गायक कुलेन्द्र विश्वकर्मा आउने भएका छन् ।

मुन्द्रेको कमेडी क्लबमा कुलेन्द्र विश्वकर्मा आएका छन् भने उनी आउने शो को ट्रेलर अर्थात प्रोमो भिडियो सार्वजनिक गरिएको छ जसमा गायक विश्वकर्मा हाँसेको हाँसेकै भएको देख्न सकिन्छ । यसको पूरा अंश भने सोमबारको प्रसारण पछि युट्युबमा हेर्न सक्नुहुनेछ ।

हेर्नुस् मुन्द्रेको कमेडी क्लब १९औँ एपिसोडको प्रोमो भिडियो…

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology