Space for Ads 1200px * 150px

प्रितम आचार्यले हल्लाए ‘सारेगामापा’ को स्टेज, फेरि पाए १०० %

काठमाडौँ। भारतको चर्चित टेलिभिजन च्यानल ‘जी टिभी’को चर्चित बालगायन रियालिटी कार्यक्रम ‘सारेगामापा लिटिलच्याम्प’मा नेपालका दुई बालगायकले तहल्का मच्चाइरहेका छन्। नेपालका प्रितम आचार्य र आयुष केसीले आफ्नो प्रस्तुतिले जज र जुरी मेम्बर सबैको मन जित्न सफल भएका छन्।

यसैबीच शनिबार प्रसारित एपिसोडमा प्रितमले अर्को धमाकेदार प्रस्तुति दिए। देशभक्ति विशेष एपिसोडमा उनले चर्चित गीत ‘रंग दे बसन्ती’मा आफ्नो प्रस्तुति दिए। प्रितमले आफ्नो प्रस्तुतीमा १०० मा १०० प्रतिशत ल्याएका छन्। उनले यो भन्दा पहिले पनि धेरै पटक उत्कृष्ट प्रस्तुति दिँदै १०० मा १०० पाएका थिए।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology