Space for Ads 1200px * 150px

जन्मदिनमा प्रदिपले खुलाए आफ्नो कमजोरी, ‘लभ स्टेशन’को सिन चोरीबारे यो के भने ? (भिडियो )

काठमाडौँ । नेपाली फिल्म इन्डष्ट्रिमा चकलेटी हिरोको रुपमा चिनिएका नायक प्रदिप खड्काले आइतबार आफ्नो फ्यान र मिडियाकर्मी साथीहरूसँग आफ्नो २६ औँ जन्मदिन मनाएका छन् ।

“लभ स्टेशन” रिलिजको संघारमा रहेका यी युवा स्टारलाई सामाजिक सञ्जाल मार्फत जन्म दिन मनाएका हुन् । आइतबार दिनभर प्रदिपले कुल ४ वटा केक काटेर विभिन्न स्थानमा र विभिन्न व्यक्तिहरूसँग आफ्नो जन्मदिन मनाएका छन् ।

चलचित्र ‘प्रेमगीत’ हिट भएपछि नायक प्रदिप खड्काको चर्चा तथा डिमान्ड बढेको हो नेपाली फिल्म क्षेत्रमा भने नायक प्रदिप खड्का ‘लभ स्टेशन’सम्म आइपुग्दा स्टारको सूची भित्र परिसकेका छन् । उनको नाममा आज चलचित्रमा करोडौँ लगानी गर्न समेत निर्माताहरू तयार छन् ।

हेर्नुहोस् उनले जन्मदिन मनाउँदै गर्दाको भिडियो साथमा उनले जन्मदिन मनाउने क्रममा आफू भित्रका केही कमजोरी साथै चलचित्र ‘लभ स्टेशन’को सिन चोरीबारे पनि खुलासा गरेका छन् ।

हेर्नुस् भिडियो :

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology