Space for Ads 1200px * 150px

दोश्रो ‘नेपाली तारा’ सन्तोषले ल्याए नयाँ गीत ‘चाइनाको रेल’

दोश्रो ‘नेपाली तारा’ गायक सन्तोष लामाको आवाजमा ‘चाइनाको रेल’ बोलको गीत सार्वजनिक गरेका छन् ।

गीतमा कृष्ण केसीको शब्द रहेको यो गीतमा हरि लम्सालको संगीत छ ।

भिडियोमा गायिका सन्दिप क्षेत्री इन्दिरा जोशी, मुस्कान रानी, गायक सन्तोष लामा र क्रिस्टल क्लज गु्रपको नृत्य छ ।

सन्देशजंग रानाको सम्पादन रहेको भिडियोमा सुसन प्रजापतिको छायांकन, क्रिस्टल क्लजको कोरियोग्राफी छ । भिडियोलाई संदिप क्षेत्री र सन्देश जंग रानाले निर्देशन गरेका हुन् ।

यसैविच, यो भिडियोको कभर भिडियो तयार पार्ने व्यक्ति वा समुहमध्येबाट उत्कृष्टलाई नगद १ लाख ५० हजार नगद पुरस्कारको समेत घोषणा गरिएको छ । यस्तै, नेपालमै पहिलो पटक उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई ५० हजार नगदको समेत घोषणा गरिएको छ ।

गायक कृष्ण केसीको यसअगाडि ‘आफ्नो मन, नजाउ टाढा, लुकीछुपी, कसले सुरुवात’ जस्ता गीत बजारमा आइसकेका छन् । भिडियोलाई केही रमाइलो र केही फरक सोचका साथ तयार पारिएको छ ।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology