छिटै नआउने भो एसइईको परीक्षाफल !

banner

काठमाडौं। यो वर्षको एसईई परीक्षाको परीक्षाफल ढिलो हुने सम्भावना भएको छ । कर्मचारीको अभावामा परीक्षाफल प्रकाशित हुन ढिलो हुने भएको हो । २६ जिल्लाका शिक्षा समन्वय समिति प्रमुखको संघ र प्रदेशमा समायोजन भएकोले ती जिल्लामा कस्ले उत्तरपुस्तिका बुझ्ने भन्ने विषयान टुङ्गै लागेको छैन ।

२६ जिल्लाका शिक्षा प्रमुख अभाव हुने भएपछि परीक्षाफल प्रकाशित गर्न समस्या हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले कर्मचारी नभएकाले कतिपय जिल्लामा उत्तर पुस्तिका बुझ्नै समस्या भएको जानकारी दिए।

उनले भने–कर्मचारीको चरम अभाव देखिएको छ, कसरी समयमै परीक्षाफल प्रकाशित गर्ने?

कतिपय जिल्लामा उत्तरपुस्तिका बुझ्ने कर्मचारी नै छैनन् । समायोजनमा परेका कर्मचारी संघ र स्थानीयमा जान थालिसकेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसइइ अवधीभर कुनै पनि जिल्ला शिक्षा समन्वय कार्यालयका कर्मचारीलाई समायोजनमा परेको जिल्ला नजान आग्रह गरेको थियो ।
अब परीक्षा सकिएको छ, समन्वयमा परेका कर्मचारी संघ र प्रदेशमा जान थालिसकेका छन् । समायोजनमा परेका कर्मचारी २१ दिनभित्र समायोजनमा परेका निकायमा जानुपर्ने व्यवस्था छ ।

यो वर्षको परीक्षा राष्ट्रिय परीक्षा बोर्डको समन्वयमा प्रदेश सरकारले गरेको थियो । तर उत्तरपुस्तिका संकलन, परीक्षण, डिकोडिङ लगायत परीक्षाफल प्रकाशित गर्नुअघिका परीक्षाको सम्पुर्ण व्यवस्थापन जिल्ला शिक्षा समन्वय कार्यालयले गर्नेछ । ती कार्यालयमै कर्मचारीको अभाव देखिएको बोर्डले जनाएको छ ।

२६ जिल्लाका त समायोजनमा परेका छन्, अन्य जिल्लामा समेत कर्मचारी अभाव देखिएको छ–राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले भने।
उहाले यही अवस्थामा समयमै परीक्षाफल प्रकाशन गर्न कठिन हुने बताए। ‘यही अवस्था रहिरहे परीक्षाफल प्रकाशित हुने मिति पर सर्नेछ’–परीक्षा नियन्त्रक अधिकारीले भने। गत वर्ष असार ११ मा प्रकाशित भएको परीक्षा करिब एक महिनापछि सर्न सक्ने आंकलन गरीएको छ।

बोर्डले देशभर ५९ परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण हुदैन । उपत्यकाको काठमाडौमा ३ , ललितपुर र भक्तपुरमा १–१ गरी ५ परीक्षण केन्द्रमा परीक्षण गरिदैन ।

पनिकाले हाल समन्वय इकाइमार्फत परीक्षण केन्द्रमा उत्तरपुस्तिका पु¥याउने व्यवस्था गरेको छ । प्रश्नपत्र आउट भएको प्रदेश २ मा हिजो साधारणतर्फको परीक्षा सकिएको छ ।

२९ गतेसम्म प्रविधिक विषयमा परीक्षा हुनेछ । प्रदेश २ बाहेक अन्य केन्द्रमा उत्तरपुस्तिका लैजाने तयारी भैरहेको छ । उत्तरपुस्तिका केन्द्रमा पुग्नुअघि डिकोडिङ गरिन्छ । कर्मचारी नहुँदा हालसम डिकोडिङ हुन सकेको छ । बोर्ड र पनिकाले मन्त्रालयलाई परीक्षाफल प्रकाशित गर्नु अघि कर्मचारी व्यवस्थापन गर्न आग्रह गरिसकेको छ । कर्मचारी अभाव भएको विषयमा मन्त्रालयमा लिखित जानकारी गराइसकेका छौ, तर मन्त्रालयले हालसम्म कर्मचारी व्यवस्थापन गर्न सकेको छैन–बोर्डका अध्यक्ष प्राडा पौडेलले भने।

करिब ६५ जना कर्मचारी रहेको पनिकामा हाल २३ जना कर्मचारी कार्यरत छन् । बोर्डबाट ७ जना कर्मचारी खटाइएको छ । परीक्षाफल प्रकाशित गर्नु अघि गोप्यमा रहने इन्जिनियरको समेत अभाव देखिएको छ । परीक्षा जस्तो सम्बेदनशिल विषयमा काम गर्ने इन्जिनियर समेत करारमा कार्यरत छन्।
चैत १० गतेबाट संचालन भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसइई) मा ४ लाख ७५ हजार ३ जना परीक्षार्थीले परीक्षा दिएका थिए । नेपाल समाचारपत्र दैनिक

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology