बार्यन म्युनिखका दुई खेलाडीबिच कुटाकुट

प्रशिक्षक निको कोभाकले जर्मन बुण्डेस लिगा फुटबल क्लब बार्यन म्युनिखका दुई खेलाडीबिच स्ट्राइकर रोबर्ट लेवान्डोस्की र वेङ्गर किंग्सली कोम्यानबिच बिहीबार प्रशिक्षणको क्रममा मुक्का हानाहान भएको हो पुष्टि गरेका छन् ।

सो घटनामा दुवै खेलाडीलाई कुनै पनि कारवाही नहुने प्रशिक्षक निकोले बताएका छन्।

Robert Lewandowski, Jerome Boateng, Joshua Zirkzee, Kingsley Coman, Mats Hummels, David Alaba and Joshua Kimmich in Bayern Munich training

‘हामी तीनैजना बसेर घटनाबारे छलफल गर्‍यौँ । दुवै खेलाडीले आफ्नो व्यवहारप्रति माफी मागेका छन्’, कोभाकले भने, ‘यसमा कुनै आर्थिक कारवाही हुनेछैन । समस्यालाई सुल्झाइएको छ ।’

लेवान्डोस्की बुण्डेस लिगा फुटबलको जारी सिजनमा सर्वाधिक गोलकर्ताको सूचिमा शीर्षस्थानमा छन्। उनले २१ गोल गरेका छन् ।

 

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology