दिल्लीमा हातेमालो संस्थाद्वारा नयाँ वर्ष सांस्कृतिक कार्यक्रम सम्पन्न

दिल्ली। नेपाली सी.ए  विद्यार्थीहरुको संस्था हातेमालो नेपाली विद्यार्थी समूहले भारतको राजधानी दिल्लीमा नयाँ वर्ष २०७६ को शुभकामना आदान प्रदानका साथै सांस्कृतिक कार्यक्रमको सफलतापूवर्क आयोजना गरेको छ।

संस्थाले नयाँ वर्ष २०७६ को दिन पारेर शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम भब्यरुपमा सम्पन्न गरेको हो। हातेमालो सन २००९ मा गठित विद्यार्थी संस्था हो जसको मुख्य उद्देश्य भनेको नेपालदेखि भारतमा सी.ए अध्ययनको लागि आउने विद्यार्थीहरुमा देखा परेका विभिन्न समस्याहरुको समाधानको लागि साथै समस्यालाई सम्बन्धित निकाय सम्म पूराउने कार्य यस संस्थाले गर्दै आएको संस्थाका सचिव रोशन यादवले बताए।

कार्यक्रममा नेपालबाट आमन्त्रित ख्याती प्राप्त कलाकार धुर्व राना, सुरज बि.सी साथै सीए संस्थाका विद्यार्थीहरुको सांस्कृतिक प्रस्तुतीले  कार्यक्रमलाई अत्यन्तै रोचक बनाएका थियो।

 

 

कार्यक्रमको औपचारिक भाग कविन्द्र श्रेष्ठ र निर्जा बाहेती र संस्कृतिक साँझ बिज्ञान गौतम र सुनिधि के सी द्वारा संचालित कार्यक्रमको अध्यक्षता संस्थाका वर्तमान अध्यक्ष सरोज सुबेदीले गरेका थिए। प्रमुख अतिथिको रुपमा क्ष्ऋब्क्ष्  केन्द्रिय परिषदका सदस्य हंशराज चुगको उपस्थिती थियो भने विशिष्ठ अतिथिहरुमा सी.ए अंकित ओबेरोइ, सी.ए सुमन अत्रिया, संगै विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमले नेपाली भाषा, कला तथा संस्कृतिको संरक्षण र सम्वर्द्धनमा टेवा पुग्ने कार्यक्रम संयोजक सुलभ लम्सालले बताएका थिए। हातेमालो संस्थाले समय–समयमा जन–चेतनामूलक, सहयोग अभियान, तथा नेपाल र नेपाली संस्कृतिलाई विश्व सामु पहिचानको निम्ति  सांस्कृतिक कार्यक्रमहरुको आयोजना गर्दै आएको छ।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology