रियल मड्रिड बराबरीमा रोकियो

काठमाडौँ । स्पेनिस क्लब रियल मड्रिड ला लिगाअन्तर्गतको खेलमा लेगानेजसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा रियल मड्रिड लेगानेजसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

लेगानेजले खेलको ४५औ मिनेटमा जोनाथन सिल्भाको गोलले अग्रता लिएको थियो । तर खेलको ५१औं मिनेटमा रियलका लागि करिम बेन्जेमाले गोल गर्दै खेल बराबरी गरेका थिए ।

यो बराबरीपछि रियल मड्रिडले एथलेटिकोसँगको अंक दुरी कम गर्ने प्रयास असफल भएको छ । लिगमा अब ३२ खेल सकिदा रियल ६१ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै एथलेटिको म्याड्रिड ६५ अंकसहित दोस्रो र बार्सिलोना ७४ अंकसहित पहिलो स्थानमा रहेको छ ।

रियल मड्रिडले अब ला लिगामा अर्को खेल आगामी आइतबार एथलेटिक बिबालोसँग खेल्दै छ ।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology