सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

विप्लव समूहको बन्दको आंशिक प्रभाव, पाल्पामा बम विस्फोट

  • प्रकाशित मिति : बिहिबार, बैशाख ५, २०७६



  • काठमाडौं। सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव राजधानीलगायतका विभिन्न स्थानमा परेको छ। राजधानीमा सवारी साधनको संख्या कम छन्। विहानै गन्तव्यतर्फ निस्किएका सार्वसाधारण सधारी सधान कुरेर बसेका छन्।

    राजधानीलगायत मुलुकभरका सुरक्षा व्यवस्था कडा पारिएको छ। राजधानीको चोक चोकमा सुरक्षाकर्मी तैनाथ गरिएको छ।
    यसैबीच मुलुकका विभिन्न स्थानमा बम बिस्फोटका घटना भएका छन्।

    पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिका ३ खस्यौली मा रहेको गाउँपालिका भवनमा बम बिस्फोट भएको छ । बमले गाउँपालिका भवनमा क्षति पुगेको छ। बम विप्लव समूहले विस्फोट गराएको अनुमान गरिएको छ।

    सरकारले फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि हालसम्म विप्लव समूका ठूलो संख्यामा नेता तथा कार्यकर्ता पक्राउ परेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology