Space for Ads 1200px * 150px

सगरमाथाको बेस क्याम्पका जनतालाई शिक्षा र स्वास्थ्य सेवा दिन आवश्यकः अभिनेत्री कोइराला

काठमाडौं । चर्चित भारतीय अभिनेत्री मनिषा कोइरालाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार क्षेत्रमा जनतालाई शिक्षा र स्वास्थ्य सेवाको उचित व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेकी छन्।

सगरमाथा बेस क्याम्पको ट्रेकिङ सम्पन्न गरी काठमाडौं आएकी उनले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शिक्षा र स्वास्थ्य सेवाको अभावमा रहेका त्यस क्षेत्रका बासिन्दाका लागि आवश्यक व्यवस्था गरिदिन सरकारलाई आग्रह गरेकी हुन्।

अभिनेत्री कोइरालाले सगरमाथा बेस क्याम्पको टे«किङको क्रममा स्थानीय बासिन्दाबाट आफूले ठूलो सहयोग पाएको पनि स्मरण गरिन्। तर सगरमाथा जानेहरुलाई जति सहयोग गरेपनि उनीहरुले भने स्वास्थ्य सेवा पाउने अवस्था समेत नभएकोमा आफूलाई दुःख लागेको अभिनेत्री कोइरालाको भनाई छ।

अभिनेत्री कोइराला दुई जना भारतीय साथीहरुका साथ सगरमाथाको बेस क्याम्प ट्रेकिङमा गएकी थिइन्।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology