Space for Ads 1200px * 150px

पाँच दिन पहिला दिदीले शेयर गरेकी थिइन् भाइ–बहिनीसँगको तस्वीर, सामाजिक संजालमा भाइरल

एजेन्सी। श्रीलंकामा आइतबार भएको शृंखलाबद्ध बम विस्फोटमा निधन भएकामा  डेनमार्कका अरबपति व्यापारी एन्सर्ड होल्च पवल्सनका छोरा छोरी पनि छन्।  उक्त विस्फोटमा उनका चार सन्तान मध्ये तीन जनाको निधन भएको छ। यी तीनै जना इस्टरको छुट्टी मनाउन श्रीलंका गएका थिए। पवल्सन इन्टरनेशनल क्लोदिङ चेन बेस्टसेलरका मालिक हुन्।

उनी कपडाका एक अन्य कम्पनी आसोसमा पनि शेयरहोल्डर हुन्। बेस्टसेलरका प्रवक्ताले सोमबार एक विज्ञप्ति जारी गर्दै पवल्सनका तीन सन्तानको श्रीलंकामा भएको विस्फोटमा परी मृत्यु भएको पुष्टि गरेका छन्।

यद्यपी उनले निधन भएकाहरुको नाम भने सार्वजनिक गरेका छैनन्। साथै तीन सन्तान बाहेक श्रीलंकामा परिवार वा कम्पनीका अन्य कोही सदस्य गए नभएको केही पनि खुलाएका छैनन्। साथै विज्ञप्तिमा संचारमाध्यमसँग पीडित परिवारको गोपनीयताको सम्मान गर्न पनि अपील गरेका छन्।
पलस्लनका तीन छोरी एक छोरा छन्।

र उनीहरु चारै जना श्रीलंकामा ईस्टरको विदा मनाउन पुगेका थिए। श्रीलंकामा घुम्दै गरेको फोटो पवल्सनकी छोरी एल्माले इन्स्टाग्रामा भाई एस्ट्रिड, एगनेस र आल्फ्रेडसँग स्विमिङ पुलका बसेको फोटो शेयर गरेकी थिइन्।
डेनमार्कका नागरिकको मृत्यु भएपनि प्रधानमन्त्री लार्क लोके रासमुसेनले उक्त घटनाप्रति दुख व्यक्त गर्दै पीडित परिवारप्रति देश सधैं साथमा रहेको उल्लेख गरेका छन्। पवल्सन डेनमार्कका सबैभन्दा धनी व्यक्ति हुन्।

फोब्र्सका अनुसार उनको कुल सम्पत्ति ७९० करोड डलर छ। उनी विश्वका ३०४ औं धनी व्यक्तिको सूचीमा छन्।  अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार बेलायतमा उनीसँग करिव दुई लाख एकड जमीन छ। त्यहाँ उनी भन्दा धेरै जमीन सरकारसँग मात्र छ।  उनले उक्त जमीन आफ्नो एक अन्य कम्पनी वाइल्याण्डमार्फत किनेका हुन्।

४६ वर्षका पलल्सन पछिल्लो समयमा केही घटनाका कारण आफ्ना सन्तानलाई सार्वजनिक स्थलबाट टाढै राख्थे। १९९८ मा कर्ट हानसेन नाम गरेका एक अपराधीले पवल्सन र उनका आमा बुवालाई धेरै दुख दिएका थिए।  ती अपराधीले उनलाई लगातार हत्या गर्ने धम्की दिँदै आएका थिए। पछि ती अपराधीलाई प्रहरीले पक्राउ गरेको थियो।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology