Space for Ads 1200px * 150px

ला लिगामा बार्सिलोनाको सहज जित

काठमाडौँ । ला लिगा लिगमा मंगलबार राति भएको खेलमा पनि बार्सिलोनाको विजयी यात्रा कायमै छ। मंगलबार राति भएको खेलमा बार्सिलोनाले अलाभेसमाथि दुई शून्यको जित निकालेको हो।

यो जितसँगै बार्सिलोनाले ला लिगाको उपाधि यात्रा झन् बलियो बनाएको छ भने घरेलु मैदानमा अलाभेस पराजित हुन पुगेको छ।

बार्सिलोनाका खेलाडी कार्ल्स एलीनाले ५४ औं र लुइस स्वारेजले ६० औं मिनेटमा गोल गरेका थिए। जितसँगै बार्सिलोनाले ३४ खेलबाट ८० अंक बनाउन सफल भएको छ।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology