चेक बाउन्स मुद्दामा मोडल खुस्बु ओलीलाई ३ महिना कैद फैसला

काठमाडौं । जिल्ला अदालत काठमाडौंले मोडल खुश्बु ओलीलाई चेक अनादर मुद्दामा दोषी ठहर गरेको छ ।

न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले ओलीलाई ३ महिना कैद, ३ हजार जरिवाना र चेक वापतको रकम सावा र ब्याजसहित तिर्नुपर्ने ठहर गरेको हो ।

ओलीले ३ जनवरी २०१७ मा सप्तरीका गोपाल कटुवालको नाममा काटेको ३६ लाख रुपैयाँको कुमारी बैंकको चेक बाउन्स भएको थियो । लामो समयसम्म पनि आफ्नो ३६ लाख नपाएपछि गत वर्ष साउनमा कटुवालले काठमाडौं जिल्ला अदालतमा चेक अनादार मुद्दा दायर गरेका थिए।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology