शुक्रबार, अशोज ३, २०७६ | Friday 20th September 2019

वर्ल्ड बुक अफ रेकर्ड्स लण्डनद्वारा फ्लाईटेक इन्टर्नेशनललाई सर्टिफिकेट प्रदान

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ ७, २०७६



  • काठमाडौं । काठमाडौंको पुतलीसडकमा अवस्थित फ्लाइटेक इन्टरनेसनललाई वर्ल्ड बुक अफ रेकर्ड्स लन्डनले पुरानो बानेश्वरको डाइनिङ पार्क रेस्टुरेन्टमा आयोजित एक कार्यक्रममा वर्ल्ड स्ट्यान्डराइजेसन सर्टिफिकेट प्रदान गरेको छ।

    वरिष्ठ समाजसेवी एवम उद्यमी इन्दिरा सापकोटाको प्रमुख आतिथ्यता, सागर कट्वाल (अध्यक्ष, वर्ल्ड बुक अफ रेकर्ड्स नेपाल) एवं विशिष्ट व्यक्तिहरुको समुपस्थितिमा सो कार्य सम्पन्न भएको छ।

    वर्ल्ड स्ट्यान्डराइजेसन सर्टिफिकेट वर्ल्ड बुक अफ रेकर्ड्सको गुणस्तर मापन विभाग हो। कुनै पनि क्षेत्रमा विश्वस्तरीय सेवा–सुविधा दिइरहेको संस्थालाई मुल्याङ्कन पश्चात यो सर्टिफिकेट प्रदान गरिन्छ।

    वर्ल्ड बुक अफ रेकर्ड्स विश्वव्यापी रुपमा रेकर्डहरु प्रमानिकरण गर्ने अन्तरराष्ट्रिय संस्था हो। यसले बेलायत, अमेरिका, अष्ट्रेलिया, मोरिससलगायत देशबाट आफ्नो गतिविधिहरु सञ्चालन गर्दै आईरहेको छ।

    एसिया, अफ्रिका र युरोप भर विश्वव्यापी सन्जाल मार्फत वर्ल्ड बुक अफ रेकर्ड्सले एतिहासिक सम्पदाहरु तथा सांस्कृतिक, सामाजिक, आर्थिक एवम सांगीतिकलगायतका क्षेत्रमा उल्लेख्य योग्दान पुर्‍याउने व्यक्ति तथा संस्थालाई सम्मानित गर्दै आएको छ।

    फ्लाइटेक इन्टरनेसनलले एअर होस्टेस ट्रेनिङ तथा रोजगार क्षेत्रमा गरेको उल्लेख्य योगदान एवं संस्था व्यवस्थापनमा कार्यान्वयन गर्दै आएको अन्तरराष्ट्रिय गुणस्तर मापदन्डको आधारमा उक्त सर्टिफिकेट प्रदान गरिएको हो।

    कार्यक्रममा फ्लाइटेक इन्टरनेसनलका साथै इन्टरनेसनल ईन्स्टिच्युट अफ फेशन टेक्नोलोजी (आइआइएफटी) ग्लोबल कलेज इन्टरनेशनल तथा बाबा इन्टरनेशनल कन्सल्टेन्सीलाई पनि सो सर्टिफिकेट प्रदान गरिएको छ।

    उक्त अवसरमा सम्पूर्ण संस्थाका संचालक एवम पदाधिकारीहरुलाई बिरेन्द्र शर्मा (सांसद बेलायत), डा. दिवाकर शुकुल (अध्यक्ष, वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डन), सन्तोष शुक्ला (अध्यक्ष वर्ल्ड बुक अफ रेकर्ड्स), श्री सागर कट्वाल (अध्यक्ष, वर्ल्ड बुक अफ रेकर्ड्स, नेपाल) लगायत नेपाल र बेलायतका विशिष्ट व्यक्तिहरुले बधाई दिएका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    घाँटी थिची नर्सको हत्या, शवको नग्न फोटो खिचेपछि शवसँगै यौन सम्पर्क
    सरकारले नेपाल प्रहरीलाई पार्टी कार्यकर्ता बनायो : देउवा
    फिफा वरियतामा नेपालको ५ स्थान सुधार, १६१औँ स्थानमा उक्लियो
    यसै हप्ता जापान र दक्षिण कोरियाबी कूटनीतिक वार्ता हुने
    ४० करोडको लागतमा बन्दै प्रधानमन्त्री निवास
    पाकिस्तानी प्रधानमन्त्री साउदी अरेबियातर्फ
    अफगानिस्तानको कलातमा कारबम हमलामा परी १० जनाको ज्यान गयो
    बाथरुममा ६दिनसम्म थुनिइन् यी महिला, यस्तो अवस्थामा गरियो उद्दार
    ५ हजार घुससहित प्रहरी नायब निरीक्षक विपिनचन्द्र पन्त पक्राउ
    डेढ वर्षमा सरकारले संविधानलाई सर्वस्वीकार्य बनाउन सकेन : देउवा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology