शुक्रबार, अशोज ३, २०७६ | Friday 20th September 2019

बलिउड गायिका नेहा कक्कड काठमाडौँ आउँदै

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ ७, २०७६



  • काठमाडौं । बलिउडकी प्रख्यात गायिका नेहा कक्कड पहिलो पटक काठमाडौंका दर्शकमाझ प्रत्यक्ष रुपमा प्रस्तुत हुने भएकी छिन् । ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स (एलओडी) मा आगामी जेठ २५ गते शनिवार आयोजना हुने ‘नेहा कक्कड लाइभ’ शीर्षकको कार्यक्रममा गायिका नेहा कक्कडले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गर्दैछिन् । पारामाउन्ट ईन्टरटेन्मेन्टले नेहा कक्कडलाई काठमाडौंमा प्रस्तुत गर्न लागेको हो ।

    आयोजक संस्थाका प्रमुख दिपक घिमिरे तथा जनार्दन ढुंगेलका अनुसार गायिका ‘नेहा कक्कड लाइभ’ कार्यक्रममा सहभागिता जनाउनका लागि गायिका कक्कड जेठ २४ गते शुक्रवार नै आफ्ना ब्याण्डका संगीतकर्मीसहित काठमाडौं आउने छिन् ।

    कन्सर्टमा कक्कडको ब्याण्डका संगीतकर्मी तथा यसै सिजनको ईन्डियन आईडलका टप टेन प्रतिस्पर्धिहरु समेत कुल १८ जना संगीतकर्मीहरुको समुहले नेहा कक्कड लाइभमा प्रस्तुती दिने बताइएको छ । नेहा कक्कड लाइभमा नेपाली गायक–गायिकाहरुको पनि सहभागिता रहने छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    घाँटी थिची नर्सको हत्या, शवको नग्न फोटो खिचेपछि शवसँगै यौन सम्पर्क
    सरकारले नेपाल प्रहरीलाई पार्टी कार्यकर्ता बनायो : देउवा
    फिफा वरियतामा नेपालको ५ स्थान सुधार, १६१औँ स्थानमा उक्लियो
    यसै हप्ता जापान र दक्षिण कोरियाबी कूटनीतिक वार्ता हुने
    ४० करोडको लागतमा बन्दै प्रधानमन्त्री निवास
    पाकिस्तानी प्रधानमन्त्री साउदी अरेबियातर्फ
    अफगानिस्तानको कलातमा कारबम हमलामा परी १० जनाको ज्यान गयो
    बाथरुममा ६दिनसम्म थुनिइन् यी महिला, यस्तो अवस्थामा गरियो उद्दार
    ५ हजार घुससहित प्रहरी नायब निरीक्षक विपिनचन्द्र पन्त पक्राउ
    डेढ वर्षमा सरकारले संविधानलाई सर्वस्वीकार्य बनाउन सकेन : देउवा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology