शुक्रबार, अशोज ३, २०७६ | Friday 20th September 2019

काम नगर्ने कर्मचारीलाई कडा कार्वाही गर्ने मन्त्री पण्डितको चेतावनी

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ ७, २०७६



  • काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले काम नगर्ने कर्मचारीलाई कडा कार्वाही गर्ने चेतावनी दिएका छन्।

    मन्त्री पण्डितले सबै कर्मचारीहरुलाई उत्साहका साथ काम गर्ने वातावरण बनाउन सरकार लागि परेको दावी गरे।

    मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि समितिका सदस्यहरुले उठाएका विभिन्न प्रश्नको जवाफ दिने क्रममा उहाँले तत्काल करारमा रहेका कर्मचारीलाई हटाउने व्यवस्था नरहेको पनि स्पष्ट पारे।

    उनले तत्कालका लागि खुला प्रणाली र करार दुवैबाट राष्ट्रिय आवश्यक्ताको आधारमा कर्मचारी नियुक्त गर्ने कानुनी व्यवस्था गर्न लागिएको बताए।

    मन्त्री पण्डितले कर्मचारीहरुको मनोबल गिराउने काम सरकारबाट नहुने प्रतिवद्धता पनि दोहो–याए। जिम्मेवारी अनुसार कामै नगर्ने कर्मचारीलाई सरकारले कडा कार्वाही गर्ने मन्त्री पण्डितको भनाई छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    घाँटी थिची नर्सको हत्या, शवको नग्न फोटो खिचेपछि शवसँगै यौन सम्पर्क
    सरकारले नेपाल प्रहरीलाई पार्टी कार्यकर्ता बनायो : देउवा
    फिफा वरियतामा नेपालको ५ स्थान सुधार, १६१औँ स्थानमा उक्लियो
    यसै हप्ता जापान र दक्षिण कोरियाबी कूटनीतिक वार्ता हुने
    ४० करोडको लागतमा बन्दै प्रधानमन्त्री निवास
    पाकिस्तानी प्रधानमन्त्री साउदी अरेबियातर्फ
    अफगानिस्तानको कलातमा कारबम हमलामा परी १० जनाको ज्यान गयो
    बाथरुममा ६दिनसम्म थुनिइन् यी महिला, यस्तो अवस्थामा गरियो उद्दार
    ५ हजार घुससहित प्रहरी नायब निरीक्षक विपिनचन्द्र पन्त पक्राउ
    डेढ वर्षमा सरकारले संविधानलाई सर्वस्वीकार्य बनाउन सकेन : देउवा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology