एम्बाप्पेलाई ल्याउने ठूला क्लवको प्रयास विफल, यस वर्ष पिएसजीमै बस्ने संकेत

काठमाडौं। युरोपका शीर्ष लिगहरु समाप्त हुने क्रमसँगै खुलेको ट्रान्सफर विण्डोमार्फत नयाँ खेलाडी ल्याउन रअनावश्यक खेलाडी बैचन क्लवहरु व्यस्त छन् । यही बीचमा फ्रान्स तथा पिएसजीका स्ट्राइकर किलियन एम्बाप्पेले पिएसजी छाड्ने संकेत गरे । उनलाई लामो समयदेखि आफूसँग अनुबन्ध गर्न चाहेका ठूला क्लव बार्सिलोना, रियल मड्रिड र म्यान्चेस्टर सिटीले उनको यो संकेतसँगै उनलाई ल्याउन प्रतिस्पर्धा नै सुरु गरे ।

एम्बाप्पेलाई ल्याउन क्लवहरु ठूलो रकम तिर्न तयार भए पनि उनी भने पिएसजीमै बस्ने सम्भावना बलियो देखिएको छ । उनले एक कार्यक्रममा बोल्दै पीएसजीले इतिहास रचिरहँदा यसको साक्षी बन्न अर्को सिजन पनि पीएसजीबाटै खेल्ने बताएका छन् । फ्रान्सलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका एमबाप्पेले लिग वानमा प्लेअर अफ दी इयर अवार्डबाट सम्मानित भइसकेका छन् ।

उनले आफू कुनै पनि प्रतिक्रिया दिने मनसायमा नरहेको बताउँदै अर्को सिजन पनि पीएसजीबाट खेल्ने मनसायमा रहेको बताएका हुन् । पीएसजीले पनि क्लब र एम्बाप्पेबीच गहिरो सम्बन्ध रहेको बताएको छ । क्लवले एमबाप्पेसँग नयाँ सम्झौता गर्ने गरी प्रक्रिया समेत अगाडि बढाइसकेको छ । एम्बाप्पे सन् २०१७ मा मोनाकोबाट पीएसजी आएका थिए । यो सिजनमा एमबाप्पेले ३२ गोल गर्दै शीर्ष गोलकर्ता भए ।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology