शुक्रबार, अशोज ३, २०७६ | Friday 20th September 2019

‘यही अवस्थामा’ अमेरिकासँग वार्ताको सम्भावना छैन

  • प्रकाशित मिति : बुधबार, जेष्ठ ८, २०७६



  • तेहरान । इरानका राष्ट्रपति हसन रौहानी वर्तमान् राजनीतिक अवस्थामा संयुक्त राज्य अमेरिकासँग वार्ता हुनसक्ने सम्भावना नरहेको बताएको तस्निम न्यूज एजेन्सीले मङ्गलबार बताएको छ । अमेरिकासँगको विवादास्पद बिषयमा इरानी कूटनीतिक पहल जारी राखेको बताउँदै इरान अमेरिकासँग यही अवस्थामा वार्ता गर्ने पक्षमा नरहेको राष्ट्रपति रौहानीले बताए ।

    “आजको वातावरण वार्ताका लागि अनुकुल छैन । अहिलेको अवस्थामा हाम्रो स्थिति ‘प्रतिरोधी र दृढ’ रहने छ,” राष्ट्रपति रौहानीले भने । “सम्पूर्ण इरानी जनताबीचको एकता र धीरताले मुलुककमा वासिङ्टनका कारण सिर्जना भएको आर्थिक चुनौतिलाई परास्त गर्नुपर्छ,” उनले भने ।

    गत हप्ता इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले पनि विवादास्पद बिषयमा तत्काल अमेरिकासँग वार्ता नहुने बताएका थिए ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५ मा तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामाको पहलमा अमेरिका लगायतका विश्व शक्ति राष्ट्रहरूबीच भएको इरानसँगको आणविक सम्झौताबाट फिर्ता हुने घोषणा र इरानमाथि नयाँ प्रतिबन्धको घोषणापछि अमेरिका र इरानबीचको तनाव बढेको हो ।

    वासिङ्टनले इरानसँग चार बर्ष पहिले भएको सम्झौता अमेरिकी हितमा नभएको निष्कर्षसहित इरानी हतियार नियन्त्रणका लागि पुनः सम्झौता गर्नुपर्ने अडान प्रस्तुत गर्दै आएको छ भने इरान लगायत सम्झौताका अन्य हस्ताक्षरकर्ता राष्ट्रहरू पूरानै सम्झौतालाई जोगाउनु पर्ने बताउँदै आएका छन् । अमेरिकाले इरानी हतियारप्रतिको मोहका कारण मध्यपूर्वमा सुरक्षा चुनौति बढेको बताउँदै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    घाँटी थिची नर्सको हत्या, शवको नग्न फोटो खिचेपछि शवसँगै यौन सम्पर्क
    सरकारले नेपाल प्रहरीलाई पार्टी कार्यकर्ता बनायो : देउवा
    फिफा वरियतामा नेपालको ५ स्थान सुधार, १६१औँ स्थानमा उक्लियो
    यसै हप्ता जापान र दक्षिण कोरियाबी कूटनीतिक वार्ता हुने
    ४० करोडको लागतमा बन्दै प्रधानमन्त्री निवास
    पाकिस्तानी प्रधानमन्त्री साउदी अरेबियातर्फ
    अफगानिस्तानको कलातमा कारबम हमलामा परी १० जनाको ज्यान गयो
    बाथरुममा ६दिनसम्म थुनिइन् यी महिला, यस्तो अवस्थामा गरियो उद्दार
    ५ हजार घुससहित प्रहरी नायब निरीक्षक विपिनचन्द्र पन्त पक्राउ
    डेढ वर्षमा सरकारले संविधानलाई सर्वस्वीकार्य बनाउन सकेन : देउवा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology