शुक्रबार, अशोज ३, २०७६ | Friday 20th September 2019

आर्थिक अभावमा मृत्युसँग लड्दै सोमबहादुर

  • प्रकाशित मिति : बुधबार, जेष्ठ ८, २०७६



  • नयाँ दिल्ली ।  भारतको राजधानी नयाँ दिल्लीमा मृगौलाको उपचार गराइरहेका एक नेपाली युवा आर्थिक अभावका कारण उपचार छोडी घर फर्किएका छन् । २० वर्षकै उमेरमा रोजीरोटीका लागि भारत पसेका ज्वालामुखी गाउँपालिका धादिङका सोमबहादुर सुनार ६ महिनाअघि बिरामी परेका थिए । दिल्लीको एक होटलमा काम गर्दै आएका सोमबहादुर बिरामी भएपछि बिदा लिएर अस्पताल गए । अस्पतालमा डाक्टरले दुवै मृगौला काम नलाग्ने बताएपछि उनी सोही अस्पतालमा उपचाररत थिए ।

    आर्थिक अवस्था निकै कमजोर भएका उनी आफै सहयोगमा उपचार गराउँदै आएका थिए । उनको दुवै मृगौला खराब भएपछि परिवारमा बज्रपात परेको छ । सानो काम गर्दै परिवार पाल्दै आएका उनी नै बिरामी परेपछि घरपरिवारको अवस्था के होला भन्ने पिर उनमा छ ।

    घरमा कमाउने उनी मात्रै थिए । त्यसमाथि उनकी श्रीमती सीता सुनार गर्भवती छिन् । सोमबहादुरको हेरचाहका लागि उनै गर्भवती श्रीमती जसोतसो अलीकति पैसा जुटाउदै दिल्ली आएकी थिइन् । हामीले कुरा गर्न जाँदा सोमबहादुरको अवस्था निकै कमजोर थियो । त्यसैले हामीले उनलाई दुःख नदिने सोचले उनको स्वास्थ्य अवस्थाबारे उनकी श्रीमतीसँग कुराकानी गर्यौ ।

    हामीले उनकी श्रीमतीसँग कुरा गर्दैगर्दा सोमबहादुरका आँखाबाट आँसु आइरहेका थिए । सोमबहादुरले जसोतसो हामीसँग कुरा गर्न खोजे । उनले सानो स्वरमा भने ‘अब मेरो घरमा कसले हेर्छ,  श्रीमती गर्भवती भएका बेला मैले उनको ख्याल गर्नु पर्नेमा उनी मेरो उपचार गर्न यहाँ आइपुगेका छन् ।

    डाक्टरका अनुसार उनको मृगौला प्रत्यारोपण गर्न लाखौ खर्च लाग्छ । घरमा बिहान बेलुकीको छाक टार्नसमेत निकै गाह्रो अवस्थामा मृगौला प्रत्यारोपण प्रक्रिया असम्भव नै भएको छ ।

    श्रीमती सीताले श्रीमानका लागि आफन्त र छिमेकीद्वारा केही रकम सहयोग स्वरुप जम्मा पारेकी थिइन् । तर त्यो रकम औषधि खान र डायलासिस गर्नसमेत नपुगेपछि ज्यानको माया मारेर घर फर्किएका छन् ।

    उनको लागि पहिलो चरणको सहयोग अभियानमा सङ्कलन रकम

    तीन महिना पहिला पीडितको नाजुक अवस्थाको जानकारी पाएपछि विदेशमा बस्ने नेपालीहरूले केही सहयोग गरेका थिए । साउदीमा कार्यरत समाजसेवी श्याम बराइलीद्वारा  १६ हजार, दिल्लीबाट रमेश बोहोराले सहयोग अभियानमा सङ्कलित ३१ हजार ४ सय ७२ र गोविन्द थापाद्वारा सहयोग अभियानमा सङ्कलित ८ हजार ८०  नेपाली रुपैयाँ गरि जम्मा ५५ हजार ५ सय २५ नेपाली रुपैयाँ हस्तान्तरण गरिएको थियो ।

    दोस्रो चरणको सहायता रकम-
    श्याम बराइलीद्वारा सञ्चालित अभियान सेवा नै धर्म भन्ने मुल नारालाई आत्मसाथ गर्दै साउदी अरबमा नेपाली युवा शिवा सुनार, ओमबहादुर, ज्ञान’ अधिकारी, शंता लामा, होटल काठमाडौं दमाम, पवन थापा, बोमबहादुर ठकुरी, सुरेन्द्र कर्माचार्य, सुरेश थापा, राम श्रेष्ठले सहयोग अभियानलाई हातेमालो गर्दै ७३ हजार १ सय ९२ नेपाली रुपैयाँ सङ्कलन गरेका थिए ।

    त्यस्तै ’हाम्रो सोच हाम्रो भविष्य’ द्वारा आफ्नो दोस्रो स्थापना दिवसको अवसरमा आयोजित बृहत सांस्कृतिक कार्यक्रममा पिडितलाई सहयोग गर्ने उद्देश्यले सोम बहादुर सुनारलाई निमन्त्रणा गरेका थिए ।  साथै अर्जुन बिष्टको पहलमा ‘हेल्फ फोर नेपाल संघ दिल्ली’ सहयोगी भुमिकामा निर्वाह गर्दै मृगौला पिडितलाई कार्यक्रममा पिडितको समस्या सम्बन्धि सम्पुर्ण विवरण दर्शकहरुलाई अवगत गराउँदै केहि रकम सङ्कलन गर्न सफल भएका थिए ।

    पहिलो चरणको रकम र कुवेतबाट श्याम विश्वकर्माद्वारा सहयोग गरिएको १६ हजार नेपाली रुपैयाँ पीडितलाई हस्तान्तरण गरिसकेको छ भने दोस्रो चरणको रकम छिट्टै हस्तान्तरण गरिने श्याम बराइलीले बताएका छन् ।

    जिन्दगि जिउने आशा र भरोसालाई थाति राख्दै पिडित अहिले नेपाल फर्किएका छन् ।  मृगौला प्रत्यारोपणका लागि रकमको व्यवस्था र डोनरको खोजि गर्न अहिले असम्भव नै देखिएको छ । उनले अझै पनि देश विदेशमा रहेका आम नेपालीहरुसंग सहयोगको अपेक्षा गरेका छन् ।

    सहयोगको लागि सोम बहादुर सुनार (पीडि़त)  ९८०८८३६६४९

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    घाँटी थिची नर्सको हत्या, शवको नग्न फोटो खिचेपछि शवसँगै यौन सम्पर्क
    सरकारले नेपाल प्रहरीलाई पार्टी कार्यकर्ता बनायो : देउवा
    फिफा वरियतामा नेपालको ५ स्थान सुधार, १६१औँ स्थानमा उक्लियो
    यसै हप्ता जापान र दक्षिण कोरियाबी कूटनीतिक वार्ता हुने
    ४० करोडको लागतमा बन्दै प्रधानमन्त्री निवास
    पाकिस्तानी प्रधानमन्त्री साउदी अरेबियातर्फ
    अफगानिस्तानको कलातमा कारबम हमलामा परी १० जनाको ज्यान गयो
    बाथरुममा ६दिनसम्म थुनिइन् यी महिला, यस्तो अवस्थामा गरियो उद्दार
    ५ हजार घुससहित प्रहरी नायब निरीक्षक विपिनचन्द्र पन्त पक्राउ
    डेढ वर्षमा सरकारले संविधानलाई सर्वस्वीकार्य बनाउन सकेन : देउवा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology