सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

विश्वकप छनोटमा नेपाल कठिन समूहमा

  • प्रकाशित मिति : बिहिबार, साउन २, २०७६



  • काठमाडौं– सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको एसियाली छनोट खेलमा नेपाल कठिन समूहमा परेको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले मलेसियामा बुधबार सार्वजनिक गरेको छनोट खेलको समूह विभाजनमा नेपाल समूह ‘बी’ मा परेको छ । यस समूहमा नेपालसँगै अस्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेई र कुबेत छन् । समूहमा विश्वकप खेलिसकेको अस्ट्रेलिया निकै बलियो टोली हो ।

    एएफसीले एसियाका ४० देशलाई आठवटा समूहमा विभाजन गरेको छ । प्रत्येक समूहमा पाँच टोली छन् । दोस्रो चरणको छनोट खेल सन् २०२० सेप्टेम्बर ५ देखि जुन ९ तारिखसम्म सञ्चालन हुनेछन् । दोस्रो चरणको छनोट खेलपछि आठवटै समूहका विजेता र चारवटा उत्कृष्ट उपविजेता गरी १२ टोली तेस्रो चरणमा छनोट हुनेछन् । तेस्रो चरणमा छनोट हुने टोलीले सन् २०२३ को एसियन कप खेल्ने मौका पाउँनेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology