सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

मलेसियामा अवैधानिक श्रमिकहरूलाई स्वदेश फिर्ती कार्यक्रम

  • प्रकाशित मिति : शुक्रबार, साउन ३, २०७६



  • मलेसिया । मलेसियाको गृहमन्त्रालयले अवैधानिक श्रमिकहरूलाई स्वदेश फिर्ती कार्यक्रम ‘प्रोग्राम ब्याक फर गुड’ घोषणा गरेको छ ।

    मलेसियाका गृह मन्त्री  मुह्यिद्दिन यासिनले विहीवार पत्रकार सम्मेलनको आयोजना गर्दे कार्यक्रमको जानकारी गराएका हुन् ।
    यो कार्यक्रम आगामी अगष्ट १ देखि डिसेम्बर ३१ तारिखसम्म रहनेछ।

    कार्यक्रम अध्यागमन विभागले नै सञ्चालन गर्ने भएको छ ।  जसको लागि २ सय जना अध्यागमन अधिकारीहरूलाई ८० वटा काउन्टरमा खटाउने तयारी भएको छ ।

    यसमा बिचौलिया वा एजेन्टहरूको संलग्नता रहने छैन । यो कार्यक्रमको समय अवधि समाप्तिपछि नयाँ वर्षसँगै अवैधानिक कामदार र रोजगारदाता दुवैलाई कडा कानुन बनाई अध्यागमनले कारवाही सुरु गर्ने पत्रकार सम्मेलनमा गृहमन्त्री यासिनले बताए ।

    स्वदेश फिर्तीको लागि अध्यागमनलाई ७ सय मलेसियन रिङ्गेट कम्पाउण्ड तिरी, राजदूतावासबाट ट्राभल डकुमेन्ट बनाई एक साता भित्र आफ्नो देश फर्कन पाउने द स्टार अनलाइनमा  उल्लेख छ ।

    मलेसियन सरकारले ल्याएको यो कार्यक्रमले मलेसियामा रहेका हजारौँ अवैधानिक नेपाली कामदारलाई फाइदा पुग्नेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कोलोराडोमा अमेरिकी सांसद काङ्ग्रेस म्यान जो नेगस्  र नेपाली समुदायबीच अन्तरकृया
    आज झन् आकासियो सुन-चाँदीको भाउ
    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology