सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

नेयमारलाई जान दिन पिएसजीको यस्तो शर्त, पूरा गर्ला त बार्सिलोनाले ?

  • प्रकाशित मिति : शुक्रबार, साउन ३, २०७६



  • एजेन्सी। ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले पेरिस सेन्ट जर्मन (पिएसजी)को एक साताको प्रि-सिजन प्रशिक्षण पछि क्लबमा पुगेका छन् । पिएसजीमा पुगेसँगै नेयमारले क्लबका निर्देशक लियोनार्डो सहित अन्य प्रमुख व्यक्तित्वसँग भेट गरेका छन् ।

    भेटमा नेयमारले आफुले क्लब छोड्न चाहेको बताएको स्पेनिस डेली स्पोर्टस्ले जनाएको छ । डेली स्पोर्टस्का अनुसार नेयमारको प्रस्ताव क्लबले पनि स्वीकार गरेको जनाएको छ । तर, क्लबले उनको प्रस्तावमा एक शर्त राखेको छ ।

    क्लबले नेयमारका लागि सहि मुल्यको प्रस्ताव आए मात्र छोड्ने बताएको छ । सोमबारको बैठकमा यो बताइएको छ की नेयमारले क्लब छोड्न चाहेमा दुई वर्ष पहिले तिरेको विश्व कीर्तिमानी रकमको भुक्तान गर्नु पर्ने छ ।

    नेयमारलाई २०१७ मा बार्सिलोनाबाट पिएसजीले विश्व कीर्तिमानी मुल्यमा अनुबन्ध गरेको थियो। तर, हाल उनी पूनः बार्सिलोना फर्किन चाहेको चर्चा छ । बार्सिलोना पनि नेयमारलाई पुनः क्लबमा फर्काउन कसरतमा रहेको छ । नेयमारले क्लब छोड्न चाहेकै कारण प्रि-सिजनको पहिलो खेल खेलेका थिएनन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology