सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

हत्याको अभियोगमा जन्मकैद पाएका भारतीय ‘डोसा किङ’को मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, साउन ३, २०७६



  • बीबीसी । विश्वभरि शाखा रहेको भारतीय रेस्टुराँ कम्पनी सरवण भवनका मालिक पी राजगोपालको ७२ वर्षको उमेरमा हृदयाघातका कारण मृत्यु भएको छ।

    आफ्नै एक कर्मचारीको हत्या गरेको आरोपमा उनलाई भारतको सर्वोच्च अदालतले आजीवन कारावासको सजाय सुनाएको थियो। जुलाई ९ मा उनले अदालतमा आत्मसमर्पण गरेका थिए। जेलमा उनको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सरकारी अस्पतालमा भर्ना गरिएको थियो।

    आफ्नै एक कर्मचारीकी श्रीमतीलाई मन पराएपछि उनलाई पाउन राजगोपालले ती कर्मचारीको हत्या गरेका थिए। सरवण भवन लोकप्रिय रेस्टुराँ हो। त्यसका विश्वभरि ८० वटा शाखाहरू छन् र त्यहाँ हजारौँ मानिसहरू काम गर्छन्।

    जेल सजायबाट उन्मुक्ति पाउन सन् २००९ यता उनले कानुनी लडाइँ लडिरहेका थिए। तर स्वास्थ्यको कारण देखाउँदै उनले दायर गरेको अन्तिम अपिललाई अदालतले अस्वीकार गरेको थियो।

    उनका रेस्टुराँमा ब्रिक्री गरिने दक्षिण भारतीय परिकार डोसा लोकप्रिय बनेपछि उनलाई डोसा किङ उपनाम दिइएको थियो। सरवण भवनका शाखाहरू न्यूयोर्क, लन्डन र सिड्नीमा पनि छन्।

    ज्योतिषीको सल्लाहमा राजगोपालले ती महिलासँग बिहे गर्ने अड्डी कसेका थिए भन्ने बताइन्छ। सन् २००३ मा ती महिलालाई आर्थिक प्रलोभन देखाएको, उनको परिवारका सदस्यहरूलाई धम्काएको र भाइलाई आक्रमण गरेको प्रकरणमा उनी जोडिएका थिए।

    सन् २००१ मा आफ्ना श्रीमान् बेपत्ता भएपछि ती महिलाले राजगोपालविरुद्ध प्रहरीमा उजुरी दायर गरेकी थिइन्। पछि उनको श्रीमान्‌को शव जङ्गलमा फेला परेको थियो र प्रहरीले घाँटी थिचेर उनको हत्या गरिएको पुष्टि गरेको थियो।

    सन् २००४ मा एउटा स्थानीय अदालतले उनलाई दोषी ठहर गर्दै १० वर्षको सजाय सुनाएको थियो तर चेन्नईस्थित उच्च अदालतले त्यसलाई बढाएर आजीवन जेल सजायका बनाएको थियो।

    मार्चमा भारतको सर्वोच्च अदालतले चेन्नईको अदालतको फैसलालाई सदर गरेको थियो। स्वास्थ्यको कारण देखाउँदै गरेको अन्तिम अपिल अदालतले अस्वीकार गरेपछि उनले चेन्नईस्थित अदालतमा आत्मसमर्पण गरेका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology