सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

नेकपा: ४३७ केन्द्रीय सदस्यको कार्यविभाजन हुँदै, संगठन विभाग प्रमुखमा वामदेव गौतम

  • प्रकाशित मिति : शुक्रबार, साउन ३, २०७६



  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक २०७६ साउन ५ गते बस्ने लगभग तय भएको छ । यस पटकको सचिवालयको बैठकले नेकपाका विभागीय प्रमुखहरुको टुंगो लगाउने भएको छ । नेकपाका ४४१ केन्द्रीय सदस्य मध्ये विष्णु चौधरी थारु आयोग र समीम मिया मुस्लिम आयोगमा नियुक्त भएका छन् ।

    त्यसैगरी केन्द्रीय सदस्य रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भयो भने अर्का केन्द्रीय सदस्य डीआर पौडेलको पनि निधन भएकाले बाँकी ४३७ केन्द्रीय सदस्यहरुको कार्यविभाजन हुँदैछ ।

    ४३७ मध्ये ३२ केन्द्रीय विभागको विभागीय प्रमुख, उपप्रमुख, तोकिने छन् । त्यसैगरी ७७ जिल्लाको इन्चार्ज, सहइन्चार्जसहितको कार्य विभाजनगरी जिम्मेवारी तोकिने छ । त्यसैगरी २२ वटा जन संगठनका इनचार्ज र सहइन्चार्ज पनि तोकिने छन् ।

    ३१ वटा गैरभौगोलिक विभागहरुको पनि ब्यवस्था रहेको छ । यी गैरभौगोलिक विभागको प्रमुख/उपप्रमुख(इन्चार्ज/सहइन्चार्ज)को कार्यविभाजन पनि २०७६ साउन ५ गते बस्ने भनिएको नेकपाको सचिवालयले गर्नेछ । नेकपाको सचिवालयलाई केन्द्रीय समितिले अधिकार प्रत्यायोजन गरेकाले सचिवालय गरेको निर्णयलाई नै अन्तिम निर्णय मानिनेछ ।

    यसैबीच  संगठन विभाग प्रमुख सचिवालय सदस्य वामदेव गौतम हुने देखिएकाे छ । गौतमलाई नेकपामा सबैभन्दा शक्तिशाली मानिएको संगठन विभागको प्रमुख बनाउन अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच सहमति भएको बताइएकाे छ।

    पार्टीभित्र भूमिकाविहिन जस्तै  बनेका तत्कालिन नेकपा (एमाले)का प्रभावशाली उपाध्यक्ष गौतमलाई अध्यक्ष प्रचण्डले संगठन विभाग प्रमुख बनाउन प्रस्ताव गरेपनि  ओलीले गृहमन्त्री समेत रहेको रामवहादुर थापा ‘बादल’ अघि सारेका कारणा सहमित हुन सकेकाे थिएन । गौतमलाई वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले पनि साथ दिएका थिए । आफू मन्त्रीको जिम्मेवारीमा रहेको भन्दै बादलले जोडबल नलाएपछि प्रधानमन्त्री ओलीको प्रस्ताव बलियो बन्न नसके पछि बामदेब बन्नने निश्चित जस्तै भएकाे हाे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology