सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

काममा ढिलाइ गर्ने कर्मचारीलाई कारवाहीको व्यवस्था गर्न माग

  • प्रकाशित मिति : शुक्रबार, साउन ३, २०७६



  • काठमडाौं। प्रतिनिधिसभाका सांसदहरुले सेवाग्राहीको काममा ढिलाई गर्ने कर्मचारीलाई कडा कार्वाही गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

    प्रतिनिधिसभाका सांसदद्वय झपट रावल र देवेन्द्रराज कँडेलले सेवाग्राहीको काममा ढिलाई गर्ने कर्मचारीलाई कडा कार्वाही हुने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्।

    सत्तारुढ नेकपाका सांसद समेत रहेका रावलले शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको दफावार छलफलमा भाग लिँदै समयमा काम नगर्ने कर्मचारीलाई कडा दण्ड सजायको व्यवस्था नगर्ने हो भने सेवाग्राहीहरुले विगतमा भन्दा बढि सास्ती व्यहोर्नुपर्ने अवस्था आउने दाबी गरे।

    प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले सेवाग्राहीको काम समयमा नगरे त्यसको क्षतिपूर्ति सम्बन्धित कर्मचारीबाट असुल गर्ने कानुनी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए। उनले कर्मचारीहरुले आफ्नो जिम्मेवारी सहज ढंगले पूरा नगरे कडा कार्वाहीको व्यवस्था गर्नुपर्ने माग सरकारसँग गरे।

    सांसद कँडेलले कर्मचारीहरुलाई आफ्नो दायित्व पूरा नगरे कार्वाही गर्ने कानुनी व्यवस्था नभएकै कारण मुलुक भ्रष्टाचारको दलदलमा फसेको जिकिर गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology