सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

बिहे गर्न लागेका सरकारी कर्मचारी बिहे छाडेर धर्नामा बसेपछि…

  • प्रकाशित मिति : शुक्रबार, साउन ३, २०७६



  • काठमाडौं। सामान्यतया बिहे जीवनमा एक पटक मात्र हुन्छ । बिहेको लागि अरु सबै काम छोडेर बिहेमै केन्द्रित भइन्छ । तर, भारतको महाराष्ट्रमा भने एक कर्मचारी बिहे छाडेर धर्नामा बसे । उनका परिवारले पनि उनको बिहे पनि नरोकिने र धर्ना पनि नरोकिने उपाय खोजे ।

    महाराष्ट्रको अमरावतीमा राजकीय ऊर्जा कम्पनीले एक कर्मचारीलाई बिहेको मुखैमा सरुवा गरिदियो । सरुवाबाट रिसाएका कर्मचारी कार्यालयको अगाडि धर्नामा बसे । उनको बिहे आज शुक्रबार हुँदैछ । उनका परिवारले धर्नास्थलमै बिहेका सबै काम गरिरहेका छन् ।

    निखिल तिखे नामका यी कर्मचारीको ९ जुलाइमा पुणे सरुवा गरिएको थियो । यसको विरोधमा उनी आफ्ना साथीहरुसँग धर्नामा बसे । यो सरुवा अवैध भएको उनको आरोप छ । उनले सरुवा खारेज नहुँदासम्म धर्ना नरोक्ने बताएका छन् । यही बीच उनका परिवारले धनाृस्थलबाटै बिहेका सबै विधि पूरा गर्ने निर्णय गरे ।

    उनको बुधबार मेहन्दी र बिहीबार हल्दीको विधि पूरा भएको छ । महाराष्ट्र राज्य विद्युत कर्मचारी फेडरेशनका संयुत्तः सचिव लीलेश्व्रर बंसोडेले भने ‘यदि उनले आफ्नो फैसला बदलेनन् भने शुक्रबार उनका परिवार र साथीहरुको उपस्थितिमा धर्नास्थलमै उनको बिहे गरिनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कोलोराडोमा अमेरिकी सांसद काङ्ग्रेस म्यान जो नेगस्  र नेपाली समुदायबीच अन्तरकृया
    आज झन् आकासियो सुन-चाँदीको भाउ
    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology