सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

अष्ट्रेलियामा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ अनुष्ठान सम्पन्न

  • प्रकाशित मिति : शुक्रबार, साउन ३, २०७६



  • सिड्नी। इतिहासमा पहिलो पटक अष्ट्रेलियाको सिड्नीमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ अनुष्ठान सम्पन्न भएको छ। जुलाई महिनाको ८ देखि जुलाई १४ तारिख (असार २३ देखि २९) सम्म अष्ट्रेलिया सिड्निको रिर्जन्स पार्क साई मन्दिरमा भव्य रुपमा भएको थियो।

    नेपाली हिन्दु समाज अष्ट्रेलियाले आयोजना गरेको उक्त अनुष्ठानमा नेपालीहरुको ठुलै जमघट देखिन्थ्यो।

    वैदिक सनातनी नेपालीहरु जुनसुकै कुना कन्दरामा पुगे पनि आफ्नो कला, धर्म संस्कार र संस्कृतिलाई सदासर्वदा जोगाई राख्नु पर्छ भन्ने भावना साथैमा बोकेर पुगेका हुन्छन् र त्यसैलाई अष्ट्रेलियाको सिड्निमा स्थापना गर्न उक्त अनुष्ठानको आयोजना गरेको कुरा समाजकी उपाध्यक्ष लक्ष्मी बस्ताकोटिले ॐकार टेलिभिजनलाई बताए।

    कार्यक्रममा सामुहिक ब्रतवन्ध, गुनिउ चोलि, पितृ मुक्ति अनुष्ठान र महायोगि सिद्ध बाबाको आर्शिवचन एवं महायोगि साधना समेतको आयोजना रहेको थियो। कार्यक्रममा जगतगुरु कृष्णदासजी महाराजले आर्शिवचन प्रस्तुत गरेका थिए भने सात दिन सम्म ुवा प्रखर वक्ता पं.श्री कुवेर सुवेदीले श्रीमद् भागयत कथा वाचन गरेका थिए।

    साथमा कला, धर्म, संस्कार र संस्कृति जोर्गा राख्नु पर्छ भन्ने सनदेस लिएर सदैव हिड्ने गरेका युवा धार्मिक अभियान्ता एवं ॐकार टेलिभिजनका निर्देशक मुकुन्द शर्माले सातै दिन राष्ट्र भावनको साथमा भक्ति संगित प्रस्तुत गरेका थिए।

    सातै दिन सम्म उल्लेख्य भक्तजनहरुको उपस्थिति रहेको कार्यक्रम सम्पन्न गर्न आवश्ययक खर्च सिड्नी अबस्थित विभिन्न व्यापारि वर्ग र भक्तजनहरुको सहयोगमा भएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology