सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

‘सासुले मलाई छोरीको नजिक पर्न नदिएपछि मारेको हुँ’

  • प्रकाशित मिति : शुक्रबार, साउन ३, २०७६



  • बुटवल– ‘विवाह भएको केहि बर्षपछि सासुले आफ्नी छोरी अर्थात मेरी श्रीमतीलाई माइती मै राखेर आर्जन खाने, घर नपठाउने गर्नुभयो । म भेटन आउँदा पनि उनको नजिक पर्न दिनुभएन । त्यही रिसले मैले सासुको हत्या गरेको हुँ’, हत्या अभियोगीले यस्तो वयान दिएको जिल्ला प्रहरी कार्यालयमा निमित्त जिल्ला प्रहरी प्रम्ुख प्रहरी निरीक्षक खिमबहादुर घमले बताए ।

    असार ३० गते राती अर्घाखाँचीको सितगंगा नगरपालिका–८ सातामारा धानखोलामा झुण्डिएको अवस्थामा ४७ वर्षीया इन्द्र कुमालको झुण्डिएको अवस्थमा शव फेला परेको थियो । सुरुमा त ह्याङ्गीङ केश भनियो । पछि अनुसन्धानका क्रममा उनको आफ्नै ज्वाँई २९ वर्षीय वसन्त घर्तीले हत्या गरेको खुल्यो प्रहरी निरीक्षक घमले भने, ‘डोरीले घाँटी कसेर हत्या गरेको साविकी वयानमा स्वीकार गरिसकेको छ ।’

    श्रीमान मृत्युको एक बर्षमै सासुको हत्या

    दाङको राप्ती गाउँपालिका २ घर भएका वसन्त कुमाल र श्रीमती सिता कुमालबीच आजभन्दा ८ वर्षअघि विवाह भएको थियो । उनीहरुका ६ र ७ बर्षकी दु्इै छोरी रहेको प्रहरी निरीक्षक घमले बताए । उनका ससुराको एक बर्षअघि मृत्यु् भएको थियो । पति वियोगको पीडामा रहेकी सासुलाई उनले त्यसदिन राती ११ बजेर ४० मिनेट जाँदा घरमा कोह नभएको मौका छोपेर हत्या गरेको प्रहरीको भनाई छ ।

    उनकी श्रीमती घरमा छोरीहरु छाडेर दाजु राजु कुमाल र भाई दिलबहादु्र क्ुमालसँग मजदुरी गर्न अन्यत्रै गएकी थिइन् । निजलाई पक्राउ गरि अदालतबाट १० दिन म्याद थप गरि अनुसन्धान थालिएको प्रहरीले जानकारी दियो । अर्घाखाँचीमा गत बर्ष पनि छोरीलाई अर्कैै पुरुषसँग विवाह गराइदिन आँटेकी सासु, उनकी छोरी र हुनेवाला ज्वाई मिलेर एक प्ुरुषको हत्या गरि बोरामा बाँधेर झाडीमा फालेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology