सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

प्रभासको बहुप्रतिक्षित फिल्म साहोको रिलिज मिति परिवर्तन

  • प्रकाशित मिति : शुक्रबार, साउन ३, २०७६



  • मुम्बई । बाहुबली फेम प्रभास र श्रद्धा कपुरको नयाँ फिल्म साहोको रिलिज मिति सारिएको छ । यस अघि अगष्ट १५ मा रिलिज गर्ने भनिएको यो फिल्म सुपरस्टार अक्षयकुमारको फिल्म मिसन मंगलसँग जुध्ने भएपछि दुई साता पछि रिलिज गर्ने घोषणा गरिएको छ । अब फिल्म अगष्ट ३० मा रिलिज हुने भएको छ ।

    अगष्ट १५ मा अक्षयको मिसन मंगल बाहेक अर्का अभिनेता जोन अब्राहिमको फिल्म बाट्ला हाउस पनि रिलिज हुदै छ । राम्रा साथी समेत रहेका अक्षय र जोनको भिडन्त हुने भएपछि अहिले बलिवुडमा ठुलो चर्चाको विषय बनेको छ । तर बलिवुड फिल्म विश्लेषकहरुले भारतीय स्वतन्त्रता दिवसको दिन सार्वजनिक बिदा हुने हुनाले दुई फिल्मको भिडन्तले खासै असर नगर्ने बताएका छन् ।

    एक्सन प्रधान रहेको फिल्म साहो अभिनेता प्रभासको बाहुबली पछिको पहिलो फिल्म भएकाले पनि यसको लामो समयदेखि प्रतिक्षा गरिएको छ ।फिल्ममा अभिनेत्री श्रद्धा कपुर पनि एक्सन अवतारमा देखिदै छन् । साहो हिन्दी भाषासहित तमिल र तेलेगुमा पनि बनेको छ भने फिल्मलाई सुजिथले निर्देशन गर्दैछन् ।

    भारतका अलावा आबुधाबी र रोमानियामा पनि सुटिंग गरिएको छ । फिल्ममा शंकर एहसान लोयले संगीत दिएका छन् । फिल्मको लागत साढे २ सय करोड रहेको छ भने फिल्मलाई टी-सिरिज, धर्मा प्रोडक्सनले निर्माण गरेका हुन् । फिल्ममा प्रभास र श्रद्धाका अलावा निल नितिन मुकेश, जैकी श्राफ, चंकी पाण्डे, महेश मंजेरकर, अरुण विजयलगायतका कलाकारको अभिनय रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    जापानमा नेपाली युवतीद्धारा आत्महत्या
    शान्ति सुधा स्कुलले यसरी गर्यो तीज मिलन(कार्यक्रम)भिडियो सहित/Shanti shudha school ghorahi dang
    उद्योग बाणिज्य टोल बिकास संस्था नारायणपुर दाङ्ले यसरी गर्यो तीज मीलन कार्यक्रम भिडियो सहित
    कोलोराडोमा अमेरिकी सांसद काङ्ग्रेस म्यान जो नेगस्  र नेपाली समुदायबीच अन्तरकृया
    आज झन् आकासियो सुन-चाँदीको भाउ
    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology