सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

दिल्लीकी पूर्वमुख्यमन्त्री दीक्षितको निधन

  • प्रकाशित मिति : शनिबार, साउन ४, २०७६



  • नयाँ दिल्ली (एजेन्सी) । भारतको दिल्ली राज्यकी पूर्वमुख्यमन्त्री काँग्रेस आई नेतृ शीला दीक्षितको शनिबार निधन भएको छ । ८१ वर्षीया दीक्षितको दिल्लीस्थित पोर्टिस एस्कार्ट्स अस्पतालमा निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    उनी गएको केही दिनदेखि मुटु सम्बन्धि समस्याबाट पीडित थिइन् । उनी गएको आम निर्वाचनमा दिल्लीमा उम्मेदवार रहे पनि स्वास्थ्य समस्याका कारण चुनावी सभाहरुमा सक्रिय हुन सकेकी थिइनन् । शीला दीक्षित १९९८ देखि २०१३ सम्म लगातार १५ वर्षसम्म दिल्लीकी मुख्यमन्त्री रहेकी थिइन् । २०१४ मा उनलाई केरलको राज्यपाल बनाइएको थियो । तर, उनले सोही वर्ष राजीनामा दिएकी थिइन् ।

    दीक्षितको निधनप्रति राष्ट्रपति रामनाथ कोविदले ट्वीट गर्दै भनेका छन्, ‘दिल्लीकी पूर्व मुख्यमन्त्री तथा वरिष्ठ राजनेता शीला दीक्षितको निधनले निकै दुःख लागेको छ । उनले मुख्यमन्त्री हुँदा दिल्लीमा पुर्याएको योगदान सँधै स्मरणीय हुनेछ ।’ प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शीलाको निधनमा शोक व्यक्त गरेका छन् । काँग्रेसका निवर्तमान अध्यक्ष राहुल गान्धीले पनि ट्वीट गर्दै शीलाको निधनमा दुःख व्यक्त गरेका छन् । यस्तै जम्मु कश्मीरका पूर्व मुख्यमन्त्री ओमार अब्दुल्लाहले पनि ट्वीटरमाफर्त शोक जनाएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology