सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

सिनेमा छनोटमा मेरो कमजोरी भएकै हो : आर्यन सिग्देल

  • प्रकाशित मिति : आइतवार, साउन २६, २०७६



  • काठमाडौं । अभिनेता आर्यन सिग्देलको चार्म पहिलेजस्तो छैन्। न त उनका सिनेमा नै पहिले जसरी प्रदर्शनमा आईरहेका छन्। गतवर्ष आर्यन अभिनित ‘कायरा’ प्रदर्शनमा आएको थियो। यसवर्ष यही साउन ३० गतेबाट सिनेमा ‘हजार जुनीसम्म’ प्रदर्शनमा आउँदैछ।

    सिनेमा रिलिज मिति नजिकिँदै जाँदा आर्यन प्रचार–प्रसारमा ब्यस्त छन्। केही दिनअघि भएको भेटमा आर्यनले आफ्ना सिनेमा पातलिए पनि दर्शकले सधै माया गरिरहेको बताए।

    ‘तपाईको क्रेज घटेको हो ?‘ सञ्चारकर्मीको प्रश्नमा उनले भने, –‘अहिले मेरा सिनेमा निरन्तर नआएका हुन्। दर्शकको माया पहिलेभन्दा बढी पाएको छु।’

    यद्यपी कुनै समय आफूले सिनेमा छनोटमा कमजोरी गरेको उनले स्वीकारे।

    ‘बिचमा मेरा केही सिनेमा दर्शकले रुचाउनुभएन्। त्यसको पछाडि मेरै कमजोरी हो’ आर्यनले थपे –‘कहिलेकाँही अप्ठयारोमा परिँदोरहेछ। कतिपय सिनेमा कथा भन्दा पनि साथीभाईका कारण खेलें। कतिपय पैसाका लागि खेलेँ।’

    अहिले भने आफू सिनेमा छनोटमा गम्भीर हुने गरेको उनले बताए। आउँदो सिनेमा ‘हजार जुनीसम्म’लाई लिएर आर्यन आशावादी देखिएका छन्। सिनेमामा उनको दुई पुस्ताको चरित्र देख्न सकिन्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology