शुक्रबार, भदौ ६, २०७६ | Friday 23rd August 2019

‘एस मिनी मार्केट’मा आगलागी हुँदा करोडौंको क्षति

  • प्रकाशित मिति : बुधबार, साउन २९, २०७६



  • पोखरा । पोखराको न्यूरोडस्थित ‘एस मिनी मार्केट’मा आज आगलागी भएको छ।

    मिनी मार्केटको सात व्यवसायीको २३ पसलमा आगलागी हुँदा करोडौँ रुपैयाँको नोक्सानी भएको छ।

    पोखरा महानगरपालिकाका तीन दमकलको सहायतामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो निभाइएको थियो।

    दुई घण्टापछि आगो निभाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology