शुक्रबार, भदौ ६, २०७६ | Friday 23rd August 2019

समाजवादी अर्थनीतिले विकास हुँदैन, विदेशी लगानी आउँदैन : राप्रपा संयुक्त

  • प्रकाशित मिति : बुधबार, साउन २९, २०७६



  • काठमाडौं, साउन २८ । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले समाजवादी अर्थनीतिले देशको विकास नहुने र विदेशी लगानीकर्ता पनि नआउने जनाएको छ ।

    पार्टीसम्बद्ध स्वतन्त्र बुद्धिजीवी मञ्चले मंगलबार राजधानीमा गरेको कार्यक्रममा पार्टीले उदारवादी अर्थ व्यवस्था हुनुपर्ने नीति लिएको जनाएको छ ।

    त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका उपप्राध्यापक हेमराज कार्कीले उदारवादी अर्थ व्यवस्थाले नै युरोप, चीनले उच्च विकास गरेको र जनताको आयस्तर बढेको दाबी गरे ।

    कार्यक्रममा सहभागीले अर्थ व्यवस्था जे भएपनि देश विकास र नागरिकको जीवनस्तर उकासिनुपर्ने बताएका थिए ।

    राप्रपा संयुक्तले नेपालको विकास र समृद्धिका लागि समाजवादी अर्थनीति संविधानबाट हटाउनुपर्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology