शुक्रबार, भदौ ६, २०७६ | Friday 23rd August 2019

हङकङमा जारी प्रदर्शनका कारण विमानस्थल अस्तव्यस्त

  • प्रकाशित मिति : बुधबार, साउन २९, २०७६



  • काठमाडौं । हङकङमा १० हप्तादेखि जारी विरोध प्रदर्शनका कारण दोस्रो दिन पनि विमानस्थलबाट हुने उडान प्रभावित भएका छन् ।

    प्रदर्शनकारीहरु प्रस्थान क्षेत्रमा बसेका कारण यात्रुहरुलाई विमानस्थल प्रवेश गर्न अफ्ठेरो भएको बीबीसीले जनाएको छ ।

    विश्वको व्यस्त मध्येको एक मानिने उक्त विमानस्थलमा २ दिनदेखि निरन्तर प्रदर्शन हुँदै आएको छ ।

    अधिकारीहरूले प्रदर्शनकारीलाई सचेत गराउँदा गराउँदै पनि विमानस्थलमा भिड जम्मा भएको थियो ।

    प्रदर्शनकारीहरूले लगेज बोकिने ट्रलीहरू प्रयोग गरेर अवरोध गरेको समाचारमा जनाइएको छ ।

    विमानस्थलको वेबसाइटमा राखिएको विज्ञप्तीमा यात्रुहरूलाई छिटोभन्दा छिटो टर्मिनल भवन छाड्न सुझाइएको थियो ।

    हङकङमा भइरहेको प्रदर्शनमा अत्याधिक बल प्रयोग गरेर दमन भइरहेको भन्दै संयुक्त राष्ट्रसंघको मानवअधिकार प्रमुख मिचेल बोक्चेलेटले घटनाबारे स्वतन्त्र रुपमा छानविन हुनुपर्ने प्रतिक्रिया दिएका छन् ।

    हङ्कङको राजनीतिक संकट अझै चलिरहँदा बेइजिङले हस्तक्षेप गर्ने चेतावनी दिएको छ ।(एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology