सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

पोर्टो च्याम्पियन्स लिग छनोटबाट बाहिरियो, आयाक्स प्लेअफमा

  • प्रकाशित मिति : बुधबार, साउन २९, २०७६



  • एजेन्सी । पोर्चुगलको क्लब एएफसी पोर्टो च्याम्पियन्स लिग छनोटबाट बाहिरिएको छ । रसियन क्लब एफसी क्रास्नोडारसंग अवे गोलका आधारमा पराजित हुदै पोर्टो छनोटबाट बाहिरिएको हो ।

    गत सिजन च्याम्पियन्स लिगको सेमिफाईनलमा पुगेको आयाक्स भने अन्तिम प्लेअफमा स्थान पक्का गरेको छ । सन् २००४ मा पहिलो पटक उपाधि जितेको पोर्टो सन् २०१०–११ को सिजनपछि पहिलो पटक प्रतियोगिता खेल्न नपाउने भएको हो ।

    पोर्चुगलको क्लब पोर्टो पहिलो लेगको खेलमा १–० ले अघि थियो । तर दोस्रो लेगको खेलमा ३४ मिनेटभित्र ३–० ले पछाडी पर्यो । तर दोस्रो हाफमा जी लुईज र लुईस डियाजले एक एक गोल गरेपनि टोलीको हार टार्न भने सकेनन् ।

    यता आयाक्स समेत पछाडी परेको स्थितीलाई उल्ट्याउँदै दोस्रो लेगको खेलमा ३–२ को नतिजा निकाल्दै समग्रमा ५–४ को जित दर्ता गर्न सफल रह्यो । डच च्याम्पियन आयाक्सले अब च्याम्पियन्स लिगको समुह चरणमा स्थान बनाउन अपोल निकोसियासंग प्रतिस्पर्धा गर्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    आज झन् आकासियो सुन-चाँदीको भाउ
    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology