शुक्रबार, भदौ ६, २०७६ | Friday 23rd August 2019

घट्यो सुनको भाउ

  • प्रकाशित मिति : बुधबार, साउन २९, २०७६



  • साताको चौथो दिन बुधबार सुनको भाउ घटेको छ । यस दिन सुन तोलामा ७ सय रुपैयाले घटेर प्रति तोला ७० हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

    छापावाल सुनको मूल्य गत मंगलबार तोलामा ७१ हजार रुपैयामा कारोबार भएको थियो । जुन हालसम्मको उच्च मूल्य हो । त्यस्तै यस दिन तेजाबी सुन प्रति तोला ७० हजार रुपैयामा कारोबार भैरहेको छ ।

    त्यस्तै यस दिन चाँदीको भाउ पनि घटेको छ । चाँदी बुधबार ८ सय २० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    तर मंगलबार चाँदी प्रति तोलामा ८ सय २५ रुपैयाँमा कारोबार भैरहेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology