शुक्रबार, भदौ ६, २०७६ | Friday 23rd August 2019

टेस्ट च्याम्पियनसिपको श्रीलंका र न्यूजिल्यान्डबीचको खेल खराब मौसमले रोकियो

  • प्रकाशित मिति : बुधबार, साउन २९, २०७६



  • काठमाडौं, साउन २९ । पहिलोपटक भइरहेको आइसीसी विश्व टेस्ट च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा अहिले श्रीलंका र न्यूजिल्यान्ड खेल्दैछन् ।

    च्याम्पियनसिपअन्तर्गत्को टेस्टमा श्रीलंकाले घरेलु मैदानमा खेलिरहेको हो ।

    गालेमा भइरहेको खेलमा न्यूजिल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्दैै खराब मौसमका कारण खेल रोकिनुपूर्व ६८ ओभर खेल्दै ५ विकेटको नोक्सानीमा २०३ रन बनाएको छ ।

    रोस टेलरले अविजित रहँदै ८६ रन जोडेका छन् । हेन्री निकोलस ४२ रन बनाएर ‘आउट’ भए ।

    पाँचओटै विकेट श्रीलंकाका २५ वर्षे बलर अकिला दनञ्जयले लिएका हुन् ।

    इंग्ल्यान्ड–अष्ट्रेलिया

    यसअघि, इंग्ल्यान्ड र अष्ट्रेलियाले च्याम्पियनसिपअन्तर्गत्को पहिलो खेल खेलेका थिए । सो खेलमा अष्ट्रेलिया विजयी भएको थियो ।

    दुवैबीचको ‘एसेज’ शृंखलाअन्तर्गत्को दोस्रो खेल बुधबारैदेखि लर्ड्समा सुरु हुनुपर्ने भएपनि वर्षाले गर्दा खेल हुन सकेको छैन ।

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले टेस्ट खेल्ने ९ टिमबीच प्रतियोगिता आयोजना गरेको हो ।

    इंग्ल्यान्ड र अष्ट्रेलिया तथा श्रीलंका र न्यूजिल्यान्डसँगै भारत, पाकिस्तान, बंगलादेश, दक्षिण अफ्रिका र वेस्ट इन्डिजले भाग लिने सो च्याम्पियनसिपको लिग चरणका शीर्ष दुई टिमले उपाधिका लागि सन् २०२१ को जुन महिनामा इंग्ल्यान्डमा फाइनल खेल खेल्नेछन् ।

    दुई वर्षको अवधिमा २७ शृंखला हुनेछन् । सबै टिमले ६/६ ओटा शृंखला खेल्नेछन् । यसमा तीन घरेलु मैदानमा र तीन विदेशी मैदानमा हुनेछन् ।

    एक शृंखलामा कम्तीमा दुई र बढीमा पाँचओटासम्म टेस्ट खेल खेलिनेछन् । अंकका आधारमा शीर्ष दुई टिम फाइनलमा पुग्नेछन् ।

    फाइनल खेल बराबरी वा ‘टाइ’ भएमा लिग चरणको अंकका आधारमा विजेता घोषित गरिने आइसीसीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology