सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

कपाल फुलेर हैरान बनायो ? घरबाटै हुन्छ समस्याको समाधान

  • प्रकाशित मिति : बुधबार, साउन २९, २०७६



  • कलिलो उमेरमै कपाल फुल्ने समस्याबाट धेरै मानिस हैरान छन् । फुलेको कपालले गर्दा सौन्दर्यमा ह्रास आउने तथा व्यक्तित्वमा असर पार्छ । समस्याबाट छुटकारा पाउन मानिसले विभिन्न उपाय अपनाएका हुन्छन् ।

    बजारमा आएका विभिन्न अप्राकृतिक कलरले हाम्रो कपाललाई झनै बढि हानि पुर्याउने गर्छ ।  प्याकेटका रङ भन्दा प्राकृतिक वस्तुहरुको प्रयोग गर्यो भने राम्रो हुने विशेषज्ञहरु बताउँछन् । राति ढिलो समयसम्म नसुत्ने, खानपानमा ध्यान नदिने र धेरै तनाव लिने समस्याका कारण पनि जवानीमै मानिसहरुको कपाल फुल्ने गरेको पाइन्छ ।

    हाम्रो कपालमा मेलेनिन नामक पिगमेन्ट हुन्छ जसले कपाल कालो वा सेतो हुने भनेर निर्धारण गरेको हुन्छ । कम उमेरमै मेलेनिन बन्न रोकिएपछि जवानीमै मानिसको कपाल सेतो हुन थाल्छ । तर यदि यी प्राकृतिक उपाय अपनाउने हो भने कपाल फुल्नबाट बँच्न सकिन्छ ।

    नरिवलको तेल

    नरिवलको तेल प्रयोग गर्ने बानी छैन भने आजैदेखि प्रयोग गर्न सुरु गर्नुहोस् । नरिवलको तेलले तपाईंको कपाललाई निकै फाइदा र्पुयाउँछ । विशेषज्ञका अनुसार नरिवलको तेलले कपाल मालिस गर्दा कपाल कालो बनाउन मात्र मद्दत गर्दैन, बलियो पनि बनाउँछ । यसले कपाल झर्ने समस्याबाट पनि छुटकारा दिन्छ । नरिवलको तेल सर्वसुलभ रूपमा पाइने भएकाले पनि प्रयोग गर्न सजिलो हुन्छ ।

     अमलाको धुलो

    अमलामा एन्टिअक्सिडेसन हुन्छ, जसले कपालका कोषिकाहरूलाई सेतो हुन दिँदैन । त्यसका लागि अमलाको धुलोले नुहाउनुपर्छ वा मेहदीसँग मिलाएर लगाउनुपर्छ ।

    अमलाले कपाललाई मजबुत बनाउन पनि सघाउ र्पुयाउँछ । अमलाको धुलोलाई कपालमा लगाएमा कपाल सेतो हुने, झर्ने, चुँडिने र पातलो हुने समस्याबाट बिस्तारै मुक्ति पाउन सकिन्छ ।

    भिटामिन बी–१२

    खानपानमा अलिकति ध्यान दिने हो भने पनि कपाल फुल्न वा सेतो हुन पाउँदैन । भिटामिन बी–१२ युक्त खानाको प्रयोगले कम उमेरमै कपाल फुल्न पाउँदैन ।

    यदि तपाईं शाकाहारी हुनुहुन्छ भने दूध र दूधजन्य पदार्थको सेवन गर्न सक्नुहुन्छ । नत्र माछा, अन्डा, मेवा, कुखुराको मासु पनि दैनिक रूपमा मात्रा मिलाएर सेवन गर्न सक्नुहुन्छ । यस्ता खाद्यपदार्थबाट प्रचुरमा मात्रामा भिटामिन बी–१२ प्राप्त हुन्छ ।

    कालो तिल

    कालो तिललाई केही समय पानीमा भिजाइदिने अनि लगाउने हो भने यसले बढ्दो उमेरमा तपाईको कपाल सेतो हुनबाट बचाउँछ ।

    काँचो मेवा

    काँचो मेवा पिसेर लगाउने गरेमा कपाल कालो भइरहन्छ ।

    यसकारण हुन्छ कपाल सेतो  

    कम उमेरमै कपाल सेतो हुने एउटा नयाँ ट्रेन्ड नै बनेको छ । गुगल ट्रेन्ड सर्चका अनुसार पछिल्लो दश वर्षमा गुगलमा सेतो कपालका बारेमा खोजी गर्नेहरुको संख्या निकै बढेको छ । सन २०१५ पछि त यो संख्या झनै बढेको छ ।

    छाला तथा कपाल सम्बन्धी भारतीय विशेषज्ञ डा. दीपाली भारद्वाजका अनुसार कम उमेरमै कपाल सेतो हुनु एउटा रोग हो । मेडिकल भाषामा यसलाई केनाइटिस भनिन्छ ।

    इन्डियन जर्नल अफ डर्मेटोलोजीमा सन २०१६ मा प्रकाशित शोधका अनुसार भारतमा केनाइटिसका लागि २० वर्षको उमेत तोकिएको छ । भारत लगायतका दक्षिण एशियाली मुलुकमा २० वर्ष वा त्यस भन्दा पहिले कपाल सेतो हुन सुरु गर्यो भने त्यसलाई केनाइटिस रोगको संकेतका रुपमा बुझिन्छ ।

    दिल्लीको सफदरजंगमा लामो समयदेखि काम गरिरहेका कपालका डाक्टर अमरेन्द्र कुमारका अनुसार केनाइटिसमा कपालको रंगमा पिगमेन्ट उत्पादन गर्ने सेलमा समस्या आउन सुरु गर्छ, यसले गर्दा कपाल सेतो हुन सुरु हुन्छ ।

    विशेषज्ञहरुका अनुसार यस्तो रोग लाग्नुका पछाडी विभिन्न कारण रहेका हुन्छन्, कतिपय अवस्था वंशाणुगत गुणले पनि यस्तो हुन्छ भने कतिपय अवस्थामा खानपिन, प्रोटीन र कपरको कमी, तथा हर्माेनको कारणले पनि यस्तो समस्या हुन्छ । मानव शरीरमा हेमोग्लोबिनको कमी, एनीमिया, थाइराइड जस्ता समस्याले पनि छिटो कपाल सेतो हुने समस्या हुन्छ ।

    कपाल किन छिटो सेतो हुन्छ भन्ने विषयमा विश्वभर विभिन्न खोज तथा अनुसन्धान भएका छन् । बेलायतको युनिभर्सिटी अफ ब्रेडफोर्डका प्रोफेसर डेसमण्ड टोबीनका अनुसार यूरोपमा २० वर्षको उमेरका कपाल सेतो हुनुलाई सामान्य रुपमा लिइन्छ ।

    कपालको रंग कम उमेरमै सेतो हुनुमा मानव शरीरमा पाइने जीन जिम्मेवार मानिन्छ । अध्यनबाट के कुरा पत्ता लागेको छ भने, फरक फरक नस्लका मानिसमा कपाल सेतो हुने प्रकृया पनि फरक फरक हुने गर्छ । अफ्रिका र पूर्वी एशियाली मुलुकका मानिसको कपाल सामान्यतया एउटा निश्चित उमेर पार गरिसकेपछि मात्र सेतो हुन सुरु हुन्छ ।

    केनाइटिसको समस्याका लागि विभिन्न किसिमका औषधीहरु प्नि बजारमा उपलब्ध हुन्छन् तर यसबाट २० देखि ३० प्रतिशतसम्म मात्र सफलता मिल्ने अध्ययनबाट पुष्टि भएको छ । विशेषज्ञहरुका अनुसार कम उमेरमा कपाल सेतो हुनबाट जोगाउन खानपिनमा पनि ध्यान दिनुपर्छ ।

    त्यस्तै खानामा बायोटिन (एक प्रकारको भिटामिन) समावेस गर्ने, कपालमा कुनै किसिमको रसायनको प्रयोग नगर्ने, चायाँ हटाउने शैम्पू सातामा दुई पटक भन्दा बढी प्रयोग गर्न नहुने विशेषज्ञहरुको सुझाव छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कोलोराडोमा अमेरिकी सांसद काङ्ग्रेस म्यान जो नेगस्  र नेपाली समुदायबीच अन्तरकृया
    आज झन् आकासियो सुन-चाँदीको भाउ
    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology