शुक्रबार, भदौ ६, २०७६ | Friday 23rd August 2019

नयाँ धरहरा बनाएर इतिहास नमेट्न चेतावनी

  • प्रकाशित मिति : बुधबार, साउन २९, २०७६



  • काठमाडौं, साउन २९ । विनाशकारी ‘गोरखा भूकम्प’ले ढालेको भीमसेन धरहराको पुनःनिर्माण गर्नुको सट्टा नयाँ धरहरा बनाएर इतिहास मेट्न खोजेको भन्दै ‘सम्पदा बचाऊ’ अभियन्ताहरुले बुधबार सुन्धारामा प्रदर्शन गरेका छन् ।

    नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले बनाएको धरहराको पुनःनिर्माण नगरी फरक ठाउँमा २२ तल्ले ‘झिल्के टावर’ बनाउन लागिएको सम्पदा पक्षधरको आरोप रहेको छ ।

    नयाँ धरहरा बनाएर इतिहास नमेट्न चेतावनी दिँदै प्रदर्शनमा उत्रिएकाहरु र प्रहरीबीच केहीबेर झडपसमेत भएको थियो ।

    प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमासमेत लिएको थियो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष इच्छामा भूकम्पले ढालेको धरहरालाई त्यत्तिकै राखेर केही पर नयाँ धरहरा निर्माण गरिँदैछ ।

    सम्पदाप्रेमीहरुले भने भीमसेन धरहरा मासेर प्रधानमन्त्री ओलीले आफ्नो नाम रहनेगरी नयाँ धरहरा बनाउन लागेको आरोपसमेत लगाएका छन् ।

    उनीहरुले भीमसेन धरहरा रहेकै स्थानमा पुरानै शैलीमा भूकम्पप्रतिरोधी धरहरा बनाउनुपर्ने माग गरेका छन् ।

    साथै, सोही स्थानमा भूकम्प स्मारक बनाउनुपर्ने मागसमेत सम्पदाप्रेमीहरुको रहेको छ ।

    व्यापारिक प्रयोजनका लागि २२ तल्ले टावर निर्माणबाट काठमाडौंका मौलिक र परम्परागत् सम्पदाहरुको पहिचानमा आँच पुग्ने दाबी पनि स्थानीयको रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology