शुक्रबार, भदौ ६, २०७६ | Friday 23rd August 2019

अभिनेत्री मास्केले रोजिन् ‘दी पोश आउटफिटर्स’

  • प्रकाशित मिति : बुधबार, साउन २९, २०७६



  • काठमाडौं । राजधानीको नक्सालमा ‘दी पोश आउटफिटर्स’ नामक बुटिक सञ्चालनमा आएको छ।

    उक्त बुटिकको बुधबार अभिनेत्री शिल्पा मास्के, हेयर स्टाइलिस निल डेभिड कटवाल र बुटिक एशोसिएसन अफ नेपालका अध्यक्ष उज्जल कृष्ण श्रेष्ठले उद्घाटन गरे।

    उद्घाटन कार्यक्रममा अभिनेत्री मास्केले ‘दी पोश आउटफिटस’ को विशेषताबारे आफूलाई मनपरेको बताइन्। उनले भनिन्, ‘यो बुटिकले दैनिक प्रयोगमा आउने क्याजुअल पहिरनलाई प्राथमिकता दिएको रहेछ, जुन अरु बुटिकले गरेको पाइँदैन।’

    अभिनेत्री मास्केले अबका दिनमा आफूलाई क्याजुअल पहिरन चाहिएमा दि पोशमै आउने बताइन्। उक्त बुटिकलाई फेसन डिजाइनरद्वय नेना राई र सम्झना राईले सञ्चालनमा ल्याएका हुन्। ‘दी पोश आउटफिटर्स’ बुटिकले नामजस्तै काम पनि भिन्न गर्ने उनीहरुको भनाइ छ।

    कार्यक्रममा नेना र सम्झनाले भने, ‘बुटिक फेसन’ भन्नेवित्तिकै ‘महँगो होला’ भन्ने बुझाइ छ। तर, त्यसलाई हामी चिर्न चाहन्छौँ।’ उनीहरुले सर्वसाधारण व्यक्तिको पहुँच पुग्नेगरी दी पोश आउटफिटर्स सञ्चालनमा ल्याएको सुनाए।

    कार्यक्रममा बोल्दै बुटिक एशोसिएनका अध्यक्ष श्रेष्ठले डिजाइनरद्वयलाई शुभकामना दिए। ‘फेसनको दुनियाँमा केही नयाँ काम गरौँ भन्ने उद्देश्यले बुटिक सञ्चालनमा ल्याएकामा खुसी लाग्यो’ उनले भने, ‘यहाँहरुलाई सफलताको शुभकामना छ।’

    त्यस्तै, हेयर स्टाइलिस तथा फेसन डिजाइनरसमेत रहेका कटवालले दि पोशको बुटिक कन्सेटको प्रसंशा गर्दै भने, ‘अन्य बुटिकहरुभन्दा फरक सोच र उद्देश्यले सञ्चालनमा आएको यो बुटिकले पक्कै फेसन पारखीको चाहनालाई पूरा गर्ने छ भन्ने मलाई लागेको छ।’ नेना र सम्झना इन्टरनेशनल इष्न्टिच्युट अफ फेसन टेक्नोलोजी (आईआईएफटी)को उत्पादित डिजाइनर हुन्।

    नेना र सम्झनाले आईआईएफटीबाट डिप्लोमा कोर्ष सकेपछि दी पोश आउटफिटर्स सञ्चालनमा ल्याएका सुनाए। उनीहरुले राजधानीमा खुलेका अन्य बुटिकहरुभन्दा फरक सेवा प्रदान गर्ने समेत दावी गरेका छन्।

    डिजाइनर तथा सञ्चालिकामध्ये नेनाले भनिन्, ‘दी पोश आउटफिटर्सको स्लोगन नै ‘सिम्पल एण्ड क्लासिक’ राखेका छौँ । हामी अर्डरअनुसार अन्तर्राष्ट्रियस्तरको पहिरन सर्वसुलभमा उपलब्ध गराउँछौँ। हामी चाहन्छौँ, बुटिकमा सबैको पहुँच पुगोस्।’

    दी पोशले विशेषगरी क्याजुअल पहिरनमा ध्यान दिए पनि अर्डरअनुसार सारी, गाउन, टप्स, कुर्था–सुरुवाल इत्यादी तयार गर्ने सम्झनाले बताइन्। दी पोश आउटफिटर्सको सुरुवाती लगानी २० लाख रुपैयाँ रहेको बताइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology