शुक्रबार, भदौ ६, २०७६ | Friday 23rd August 2019

जनै पुर्णिमामा सार्वजनिक विदा

  • प्रकाशित मिति : बुधबार, साउन २९, २०७६



  • मुगु। यस बर्षको जनै पुर्णिमामा नेपाल सरकारले सार्वजनिक विदा नदिए पनि यहाँको एक स्थानीय सरकारले सार्वजनिक विदा दिएको छ ।

    साउन ३० गते परेको हिन्दूहरुको महान चाड मध्यको एक जनैपुर्णिमाको अवसरमा यहाँको छायाँनाथ रारा नगरपालिकाले आफु मातहतका विद्यालय, स्वाथ्य चौकी, विषयगत शाखा र अन्य कार्यालयहरुमा सार्वजनिक विदा दिएको हो ।

    जनै पुर्णिमाका दिन धर्म सँस्कृतिको जर्नेना गर्न सार्वजनिक विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत कवि रोकायाले बताए ।

    जनै पुर्णिमाका दिन गाँउघरमा खापर, मष्टा, महादेव, खडारो, भ्यानी, वेताल, कुल देवताहरुको कुलपुजा पनि गरिन्छ ।

    नगरपालिकाले बुधवारै सार्वजनिक सुचना टाँस गदै जनै पुर्णिमाका दिन सार्वजनिक विदा दिएको जानकारी गराएको छ ।

    जिल्लाका अन्य तीनवटा स्थानीय सरकारहरुले भने विदा नदिएको बुझिएको छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology